Logo

२०८३, श्रावण ३०गते


images
images

अग्रलेख

शिक्षकमैत्री नीति र नेतृत्वका लागि रमेशबाबू भट्टराई र स्थायी शिक्षक हकहित मञ्च

शिक्षकमैत्री नीति र नेतृत्वका लागि रमेशबाबू भट्टराई र स्थायी शिक्षक हकहित मञ्च

जसरी अहिलेसम्म शिक्षकमैत्री नीति न कहिल्यै बनेको छ । न कसैद्वारा बनाउन पहल नै गरिएको छ । त्यसैगरी अहिलेसम्म शिक्षकमैत्री नेतृत्व न कहिल्यै बनेको छ । न कसैद्वारा बनाउन पहल नै गरिएको छ ।
images
  • सेतोमसी सहकर्मी
  • शिक्षकमैत्री नीति र नेतृत्वका लागि रमेशबाबू भट्टराई र स्थायी शिक्षक हकहित मञ्च
    images
    images

    जसरी अहिलेसम्म शिक्षकमैत्री नीति न कहिल्यै बनेको छ । न कसैद्वारा बनाउन पहल नै गरिएको छ । त्यसैगरी अहिलेसम्म शिक्षकमैत्री नेतृत्व न कहिल्यै बनेको छ । न कसैद्वारा बनाउन पहल नै गरिएको छ ।

    ठिक यही संवेदनशील समय र प्रतिकुल परिस्थितिको सन्दर्भमा "शिक्षकमैत्री नीति र शिक्षकमैत्री नेतृत्व" लाई नै मुलमुद्दाको रूपमा अगाडि सार्ने काम मात्रै होइन कि उक्त मुलमुद्दालाई स्थापित गराउदै सम्पूर्ण स्वाभिमानी शिक्षकहरुको माझबाट उदाएको हो - स्थायी शिक्षक हकहित मञ्च , नेपाल ।

    शिक्षकमैत्री नीति बनेर त्यसको तत्काल कार्यान्वयन नहुँदासम्म नेपालको सार्वजनिक शिक्षाको गुणस्तरमा साच्चिकै सुधार होला भन्नू "आकाशको फल आँखा तरि मर" भनेजस्तै हो ।

    शिक्षकमैत्री नीति बन्नका लागि सबैभन्दा पहिले शिक्षकमैत्री नेतृत्व हुनुपर्छ । अहिलेसम्मको अवस्थामा शिक्षकमैत्री नेतृत्व नभएको हुनाले नै शिक्षकमैत्री नीति बन्नै नसकिरहेको तीतो यथार्थ हो ।

    त्यसैले अबको समयमा शिक्षकमैत्री नीति तत्काल तयार गर्नैका लागि शिक्षकमैत्री नेतृत्व तयार हुनैपर्ने देखिन्छ । त्यसको कुनै पनि विकल्प अहिलेसम्म देखिएको छैन । त्यही विकल्पको रूपमा स्थापित भएको हो - स्थायी शिक्षक हकहित मञ्च , नेपाल । जो यतिबेला सम्पूर्ण स्वाभिमानी शिक्षकहरुको अन्तिम आशा र एकमात्र भरोसाको केन्द्रविन्दु बनिसकेको छ ।

    सम्पूर्ण स्वाभिमानी शिक्षकहरुले यतिबेला आफ्नो पेशागत हकहित र अधिकार प्राप्तिका लागि स्थायी शिक्षक हकहित मञ्च, नेपालले आगामी दिनमा केही न केही त जरुर गर्ने नै छ भन्ने कुरामा ढुक्क भएर आशा र भरोसाको नजरले हेरिरहेको अवस्था रहेको छ ।

    स्थायी शिक्षक हकहित मञ्च, नेपाल नामको सन्दर्भमा कसै - कसैलाई अहिलेसम्म पनि के भ्रम परिरहेको देखिन्छ भने - यो स्थायी शिक्षकहरुको हकहित र अधिकार प्राप्तिका लागि मात्रै केन्द्रित रहने स्थायी शिक्षकहरुद्वारा स्थापना गरिएको संस्था हो । यहाँनेर सरकारी विद्यालयमा कार्यरत सबै किसिमका सम्पूर्ण स्वाभिमानी शिक्षक र कर्मचारी साथीहरू !

    तपाईंहरुले बुझ्नैपर्ने यथार्थ कुरा के हो भने स्थायी शिक्षक हकहित मञ्च, नेपालले अगाडि सारेको आफ्नो मुल एजेन्डा नै के रहेको छ भने - नेपालका सम्पूर्ण सरकारी विद्यालयले स्थायी शिक्षक र कर्मचारीहरुलाई मात्रै चिन्ने हुनुपर्छ । सरकारी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारी भनिसकेपछि उ अनिवार्य रूपमा स्थायी नै हुनुपर्छ । स्थायी बाहेकका बाकी अरु कुनै पनि किसिमका शिक्षकहरु कुनै पनि बहानामा सरकारी विद्यालयमा अब बाकी रहनु हुँदैन । स्थायी बाहेकका अरु कुनै पनि किसिमका शिक्षकहरुलाई कुनै पनि निहुँमा सरकारी विद्यालयमा अब कदापि भित्रिनै दिनु हुँदैन ।

    अर्थात सरकारी विद्यालयमा अहिलेसम्म कार्यरत स्थायी बाहेकका सम्पूर्ण शिक्षकहरुलाई उनीहरूको शैक्षिक योग्यता र शिक्षण क्षमताको आधारमा स्तरीय परीक्षाको माध्यमबाट कम्तिमा एक पटकका लागि मात्रै भए पनि स्थायी शिक्षकको रूपमा छनौट हुने अन्तिम अवसर प्रदान गरिनुपर्छ । त्यसरी गरिएको स्तरीय परीक्षाको माध्यमबाट छनौट हुन सफल व्यक्तिहरुलाई स्थायी शिक्षकको रूपमा सरकारी विद्यालयमा हार्दिक स्वागत गरिनुपर्छ भने छनौट हुन नसकेका असफल व्यक्तिहरुलाई सरकारी विद्यालयबाट तत्काल बिदा गरिनुपर्छ ।

    त्यसपछिको समयमा बल्ल नेपालको सार्वजनिक शिक्षाको गुणस्तरमा आमूल सुधार हुनसक्छ । त्यसैले सम्पूर्ण स्वाभिमानी शिक्षकहरुको पेशागत हकहित र अधिकार प्राप्तिका लागि अन्तिम निर्णायक लडाइँ लड्ने प्रयोजनका लागि भनेरै समयको मागअनुसार स्थापना भएको स्थायी शिक्षक हकहित मञ्च , नेपालको नामप्रति कसैले पनि शङ्का गर्नुपर्ने अवस्था देखिदैन ।

    शिक्षण पेशालाई मर्यादित र आम शिक्षकहरुलाई राष्ट्रसेवक कर्मचारीको रुपमा स्थापित गर्नका लागि स्थायी शिक्षक हकहित मञ्च , नेपालका केन्द्रीय संयोजक रमेशबाबू भट्टराईद्वारा शुरूवात गरिएको ऐतिहासिक अभियानसङ्गै हालसालै मात्र उनको अगुवाइमा आम शिक्षकहरुको पक्षमा सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाले  सम्पूर्ण स्वाभिमानी शिक्षकहरु सबैमा एउटा बेग्लै किसिमको सकारात्मक उर्जा मिलिरहेको छ । यस्तो अवस्थामा आम शिक्षकहरुको हकहित र अधिकारको विरुद्धमा शिक्षक संघ ,  शिक्षक संगठन र शिक्षक महासंघको नेतृत्वदायी भूमिकामा रहेका तर शिक्षकको नाममा कलङ्कित केही झोले कुपात्रहरुद्वारा यतिबेला जुन किसिमको गैरजिम्मेवार रबैया देखाइएको छ । जुन किसिमको निकृष्ट हर्कत निरन्तर जारी राखिएको छ । सम्पूर्ण स्वाभिमानी शिक्षकहरुका लागि सबैभन्दा खतरनाक दुश्मनको रूपमा रहेका यस्ता प्रतिगामी कुतत्वहरुको पतनको कुनै विकल्प छैन । कलुषित मनोभावना भएका प्राय : मानिसहरुले आफ्नो पतनको बाटो स्वयं आफैंले खनिरहेका हुन्छन् भन्ने भनाइ यतिबेला यिनीहरूले चरितार्थ गराइरहेका छन् ।

    व्यक्तिगत रूपमा यिनीहरूले रमेशबाबू भट्टराईको बिरोध गरिरहेको जस्तै देखिएता पनि यथार्थमा उनीहरूले सम्पूर्ण स्वाभिमानी शिक्षकहरुको पेशागत हकहित र अधिकार प्राप्तिको बिरोध गरिरहेका छन् । शिक्षण पेशाको पेशागत हकहित र अधिकारको विरुद्धमा उनीहरूले आफुलाई उभ्याइरहेका छन् ।

    अहिलेसम्म आम शिक्षकहरुको नाममा राजनीति गर्दै हालीमुहाली गरिरहेका उनीहरूले आम शिक्षकहरुद्वारा नियमितरूपमा जम्मा गरिएको लेबीको समेत चरम दुरुपयोग गरिरहेको अवस्था रहेको छ  । यो सन्दर्भमा आफ्नो अहिलेसम्मको हालीमुहालीको सधैंका लागि अन्त्य हुने डरले स्थायी शिक्षक हकहित मञ्च , नेपालको बिरोध न्वारानदेखिको बल निकालेर गरिरहेका छन् ।

    उनीहरूको यही र यस्तै किसिमको प्रवृत्तिबाट स्पष्ट हुन्छ कि - उनीहरूको वास्तविक हैसियत के हो ? उनीहरू सम्पूर्ण स्वाभिमानी शिक्षकहरुका लागि सहृदयी सिर्जनशील असल वर्गीय मित्र हुन् कि सबैभन्दा खतरनाक वर्गीय दुश्मन हुन् ?  उनीहरूले अहिलेसम्म शिक्षकहरुको नाममा राजनीति गरेर कसको आदेश तामेल गरिरहेका छन् ?

    रमेशबाबू भट्टराईलाई व्यक्तिगत रुपमा अर्थात प्रत्यक्ष रूपमा शायद धेरै शिक्षकहरुले चिन्दा पनि चिन्दैनन् होला । उनलाई प्रत्यक्ष रूपमा धेरै शिक्षकहरुले देखेका पनि छैनन् होला । तर तिनै रमेशबाबू भट्टराई , जसले आम शिक्षकहरुको पक्षमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरे । र त अहिले उनी सम्पूर्ण स्वाभिमानी शिक्षकहरुका लागि अन्तिम आशा र भरोसालाग्दो व्यक्तित्वको रूपमा चर्चाको शिखरमा पुगिरहेका छन् । आम शिक्षकहरुले उनलाई खुलेरै समर्थन गरिरहेको देखिन्छ । तर शिक्षकका तथाकथित पेशागत संघ , संगठन र महासंघको नेतृत्वदायी भूमिकामा रहेका टाउकेहरु उनीसँग रुष्ट भइरहेको देखिन्छ ।

    रमेशबाबू भट्टराई पनि सरकारी विद्यालयका शिक्षक नै हुन् । त्यसैले त आम शिक्षकहरुको हकहित र अधिकारको पक्षमा लड्ने जमर्को गरे । तर अझैसम्म पनि कतिपय शिक्षकहरुद्वारा उनलाई यो सबै केवल आफू चर्चामा आउनैका लागि भनेर गरिएको फन्डा हो भनेर आलोचना समेत गर्ने गरिएको पाइन्छ । उनीद्वारा अहिलेसम्म आम शिक्षकहरुकै पेशागत हकहित र अधिकार प्राप्तिका लागि विभिन्न सरकारी निकायका सम्बन्धित उच्च पदस्थ व्यक्तिहरुसँगको भेटघाटलाई पनि तीव्र बनाई रहेको अवस्थामा शिक्षक संघ , शिक्षक संघठन र शिक्षक महासंघको नेतृत्वदायी भूमिकामा रहेका टाउकेहरुले पनि इर्ष्याको दृष्टिकोणले हेरिरहेको देखिन्छ । तर यो बिरोध किन र केका लागि ? अनि शिक्षकहरुको हकहित र अधिकार प्राप्तिका लागि निर्णायक लडाइँमा होमिएको योद्धाको विरुद्धमा लागेर कसको हकहितका लागि के भइरहेको छ अहिलेसम्म ? यही सन्दर्भमा मेरो मनमा केही प्रश्नहरु उब्जिएका छन् । ती प्रश्नहरु सम्पूर्ण स्वाभिमानी शिक्षक साथीहरू !
    तपाईंहरुको अगाडि सार्वजनिक रूपमा प्रस्तुत गर्ने जमर्को गरिरहेको छु । साथै मेरा यी प्रश्नहरुको सन्दर्भमा सम्बन्धित पक्षले मनन् पनि गरोस् भन्ने कुरामा ध्यानाकर्षण गराउदछु ।

    शिक्षक महासंघ सम्पूर्ण शिक्षकहरुको हकहितका लागि भनेर स्थापना गरिएको हो कि तथाकथित शिक्षकको नाममा कलङ्कित झोले कुपात्रहरुसङ्गै उनीहरूका आफ्ना आसेपासे, अह्रौटे - भह्रौटेहरुको व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि ?

    कुनै अमुक व्यक्ति, जो आफैं स्वाभिमानी शिक्षक समेत हो । उद्वारा शिक्षकहरुको हकहित र अधिकार प्राप्तिको विषयमा बोल्नै नपाइने  हो ? बोल्नै नपाइने हो भने किन नपाइने हो ? यदि बोल्न पाइने हो भने शिक्षक संघ , शिक्षक संगठन र शिक्षक महासंघको नेतृत्वदायी भूमिकामा रहेका शिक्षकको नाममा कलङ्कित पात्रहरुद्वारा  रमेशबाबू भट्टराईको आलोचना किन गरिएको छ ? यस्को स्पष्ट जवाफ चाहियो ।

    रमेशबाबू भट्टराईद्वारा गरिएको कामको प्रशंसा गर्दैगर्दा शिक्षक संघ, शिक्षक संगठन र शिक्षक महासंघलाई त्यस्तो अपुरणीय क्षति के हुन्छ ?

    शिक्षक संघ, शिक्षक संगठन र शिक्षक महासंघ केही मुठ्ठीभरका तथाकथित शिक्षकको नाममा कलङ्कित पात्रहरुद्वारा हालीमुहाली गर्ने प्रयोजनका लागि स्थापित नै हुन् र ?

    शिक्षक जस्तो बौद्धिक जमातको छाता संगठन शिक्षक महासंघको नेतृत्व चयन बन्दकोठामा बसेर गर्ने कार्य उपयुक्त छ त ? त्यो पनि आलोपालोमा पदको उपभोग गर्ने गरी ?

    प्रत्येक शिक्षकहरुबाट महासंघको लागि नियमितरूपमा लेबी उठाउने अनि उनै शिक्षकहरुलाई मताधिकारबाट वञ्चित गराउन पाइन्छ ?

    शिक्षक महासंघको नेतृत्वदायी भूमिकामा रहेकाहरु विशुद्ध शिक्षक हुन् कि अमुक राजनैतिक दलका कार्यकर्ता ?

    शिक्षकहरु अमुक राजनैतिक दलको अन्धभक्त कार्यकर्ता हुनैपर्ने खास कारण के हो ?

    शिक्षक संघ, शिक्षक संगठन र शिक्षक महासंघको नेतृत्वदायी भूमिकामा रहेका टाउकेहरुले आफूलाई लोकतन्त्रको पर्याय सम्झिने तर रचनात्मक विरोधलाई कदापि स्वीकार गर्नै नसक्नुको खास कारण के हो ?

    झुटको न त टाउको हुन्छ न त खुट्टा । बिहानीको उज्यालोसरी सबै यथार्थ छर्लङ्ग देखिन्छ भनेझैँ यतिबेला त्यही देखिइरहेको छ ।

    तपाईं हामीले यो तीतो तर सत्य कुरा बुझ्न जरुरी छ कि - शिक्षक संघ , शिक्षक संगठन र शिक्षक महासंघको नेतृत्वदायी भूमिकामा पुगेकाहरुले अहिलेसम्म आम शिक्षकहरुलाई ढाट्ने मात्रै काम गरिरहेका छन् । जहिले र जुनसुकै सन्दर्भमा पनि केवल ठग्ने मात्रै काम गरिरहेका छन् । आम शिक्षकहरुलाई उनीहरूले भर्याङको रूपमा मात्रै सम्झिरहेका छन् र सोही किसिमको व्यवहार गरिरहेका छन् । उनीहरूकै लोभी आँखा र पापी मनसङ्गै बिकुवा चरित्रको कारण आम शिक्षकहरु आफ्नो पेशागत हकहित र अधिकार प्राप्तिबाट अहिलेसम्म बन्चित हुनु परिरहेको छ ।

    यतिबेला स्थायी शिक्षक हकहित मञ्च , नेपालको स्थापना भएसङ्गै मञ्चका केन्द्रीय संयोजक रमेशबाबू भट्टराईको सार्थक उपस्थितिले अहिलेसम्म शिक्षकहरुको नाम भजाएर आफ्नो व्यक्तिगत स्वार्थ मात्रै पूरा गर्दै आइरहेका शिक्षकको नाममा कलङ्कित केही पात्रहरुको अमनचयन गुमेको छ । उनीहरूको दिनको भोक हराएको छ । रातको निद्रा हराएको छ । उनीहरूले अहिलेसम्म शिक्षकहरुकै नाममा उपभोक्त गरिरहेको असीमित स्वतन्त्रतामा बन्देज लाग्ने अवस्था आएको छ । उनीहरूले आम शिक्षकहरुद्वारा नियमितरूपमा जम्मा गरिएको लेबीको चरम दुरुपयोग गरिरहेका छन् । त्यही लेबीको चरम दुरुपयोगबाट चलाइरहेको विलासितासहितको दैनिकीमा बाधा व्यवधान हुने अवस्थाको सिर्जना भएको छ । त्यसैले त उनीहरू यतिबेला न्वारानदेखिको बल निकालेर स्थायी शिक्षक हकहित मञ्च , नेपालसङ्गै मञ्चका केन्द्रीय संयोजक रमेशबाबू भट्टराईको विरुद्धमा लागिरहेका छन् । अनेक कुतर्क गरिरहेका छन् । विष बमन गरिरहेका छन् । किनभने उनीहरूले आफू र आफ्ना आसेपासे , अह्रौटे - भह्रौटेहरुदेखि बाहेक अरु कुनै पनि शिक्षकहरुको सुखचैन र उन्नति - प्रगति भएको देख्न कदापि सक्दैनन् र चाहदैनन्  । त्यसैले त स्वाभिमानी सम्पूर्ण शिक्षकहरुको सबैभन्दा खतरनाक दुश्मन यदि कोही रहेको छ भने उनीहरू नै रहेछन् भन्ने तीतो तर सत्य कुरा उनीहरू आफ्नै हर्कतले प्रमाणित गरिरहेका छन् । झुटको न त टाउको हुन्छ न त खुट्टा । बिहानीको उज्यालोसरी सबै यथार्थ छर्लङ्ग देखिन्छ भनेझैँ यतिबेला त्यही देखिइरहेको छ ।

    हामीभित्र एउटा यस्तो चिज रहेको छ, जो कहिल्यै, कुनै पनि अवस्थामा कोही कसैले चाहेर पनि कदापि मेटाउन सक्दैन । त्यो हो - शिक्षण पेशाको पेशागत हकहित र अधिकार प्राप्तिको तीव्र आकाङ्क्षा । यो कहिल्यै पनि मर्दैन । आफ्नो पेशागत हकहित र अधिकार प्राप्तिको आकाङ्क्षा कालातीत छ । हामीसङ्ग एउटा यस्तो शक्ति रहेको छ । केवल एउटा शक्ति । त्यो हो नैतिकतासहितको इमानदारीता ।

    त्यसैले त यतिबेला तहल्का मच्चिएको छ ।शिक्षकको नेतृत्वदायी भूमिकामा रहेका टाउकेहरुको एकसाथ होश हवास उडेको छ । उनीहरूभित्र हडकम्प मच्चिएको छ ।

    शिक्षकहरुको पेशागत संघ , संगठनको नेतृत्वदायी भूमिकामा अहिलेसम्म पनि केही अपवाद बाहेक राजेन्द्रराज पौडेल , सोमनाथ गिरी , बाबुराम थापा , पूर्णप्रसाद दवाडी र लक्ष्मीकिशोर सुवेदीजस्ता तथाकथित शिक्षकको नाममा कलङ्कित कैयौं झोले कुपात्रहरु पुगिरहेका छन् । जो आम शिक्षकहरुको पेशागत हकहित र अधिकार खोसेर वर्षौंदेखि घुमाउने कुर्सीमा गजधम्म परेर बसिरहेका छन् । र आम शिक्षकहरुद्वारा नियमितरूपमा जम्मा गरिएको लेबीको चरम दुरुपयोग समेत गरिरहेका छन् ।

    हामीले यतिबेला सम्पूर्ण शिक्षक साथीहरूलाई हेरिरहेका छौँ । हामीले आफ्नो सन्देह मेटाउन चाहन्छौं । तपाईंहरु वास्तविक शिक्षक नै हो कि अरु केही ... ? हामीलाई यतिबेला के लागिरहेको छ भने , तपाईंहरु अहिलेसम्म शिक्षक संघ , शिक्षक संगठन र शिक्षक महासंघको नेतृत्वदायी भूमिकामा रहेका शिक्षकको नाममा कलङ्कित झोले कुपात्रहरुद्वारा बारम्बार ठगिनुभयो । उनीहरूले तपाईंहरुलाई अहिलेसम्म धोका बाहेक अरु केही पनि दिएनन् । तपाईंहरुसङ्गै हामीमाथि पनि धोका भइरहेको छ । फरक केवल यत्ति रहेको छ कि - हामीले आफू ठगिएको थाहा पाइसकेका छौँ । तपाईंहरुलाई अझै थाहा छैन कि झैँ लागिरहेको छ ।

    जसले अहिलेसम्म तपाईंहरुले थाहै नपाइकन तपाईंहरुको पेशागत हकहित र अधिकार खोसेर बसिरहेका छन् , उनीहरूको विरुद्धमा अब बुलन्दित रूपमा आवाज उठाउने कि नउठाउने ?

    तपाईंहरुको चेतनामा जुन घाउ लागिरहेको छ , त्यो अहिलेसम्मको अखण्ड निद्रा , मुर्छा या नशामा लट्ठिएर चुपचाप भरिएको छ । जब तपाईंहरु हजार वर्षको निद्राबाट जाग्नुहुनेछ , तब तपाईंहरुले राम्रोसँग थाहा पाउनुहुनेछ कि - वास्तविक शिक्षक भनेको तपाईंहरु आफैं हो , जसले शिक्षक सेवा आयोगद्वारा लिइएको परीक्षामा खरो उत्रिएर खुला प्रतिस्पर्धा मार्फत शिक्षण पेशामा गौरवका साथ प्रवेश गर्नुभएको थियोे । असली शिक्षक तपाईंहरु आफैं हुनुहुन्छ , जसले कुनै सिफारिस , सम्पर्क - पहुँच , जालझेल र घुस दिने पैसा समेत नभएको हुनाले घर पायकको स्कुलमा दरबन्दी खाली हुँदाहुँदै पनि सरुवा भएर जान अहिलेसम्म पनि पाउनु भएको छैन । तपाईंहरु कुनै अमुक राजनैतिक दलको अन्धभक्त लम्पटदास झोले कार्यकर्ता हुन कहिल्यै पनि चाहनु भएन । किनभने तपाईंहरुसङ्ग बुद्धिसङ्गै विवेक समेत बाकी रहेको छ । र तपाईंहरु त्यस्तो वर्गमा पर्नु हुँदैन , जोसङ्ग असीमित शक्ति रहेको छ । र सदैव उक्त शक्तिको चरम दुरुपयोग मात्रै गरिरहेको छ । तपाईंहरुलाई राम्रोसँग थाहा भैसकेको हुनुपर्ने हो कि - तपाईं आफैं र तपाईंहरु जस्ता असंख्य शिक्षकहरुलाई अहिलेसम्म निरन्तर रूपमा धोका दिने काम मात्रै गरिएको छ । तपाईंहरुसङ्ग छलकपटको व्यवहार मात्रै गरिएको छ । तैपनि अहिलेसम्म तपाईंहरुले चाहेर पनि केही गर्नै सकिरहनु भएको छैन र थिएन । तपाईंहरु साच्चिकै असहाय जस्तै हुनुहुन्थ्यो ।

    तपाईंहरुलाई यो पनि राम्ररी थाहा भैसकेको हुनुपर्ने हो कि - तपाईंहरुद्वारा नियमितरूपमा जम्मा गरिएको लेबीको चरम दुरुपयोग जसले गरिरहेका छन् , तिनीहरू यथार्थमा सच्चा शिक्षक हुँदै - होइनन् । तिनीहरू त शिक्षकको नाममा कलङ्कित बदमास , धुर्त , षड्यन्त्रकारी झोले कुपात्रहरु बाहेक अरु बढी केही पनि हुनै सक्दैनन् । तैपनि फेरि उनीहरू यतिधेरै शक्तिशाली देखिइरहेका थिए कि - उनीहरूका अगाडि तपाईंहरु त ढाडे बिरालोको फेला परेको एउटा लाचार बिरामी डुहुरे मुसोजस्तै प्रतीत हुन्थ्यो ।

    त्यसैले त यतिबेला हामीले भनिरहेका छौँ । जसले अहिलेसम्म तपाईंहरुले थाहै नपाइकन तपाईंहरुको पेशागत हकहित र अधिकार खोसेर बसिरहेका छन् , उनीहरूको विरुद्धमा अब बुलन्दित रूपमा आवाज उठाउने कि नउठाउने ? उनीहरूलाई शिक्षक संघ, शिक्षक संगठन र शिक्षक महासंघको नेतृत्वदायी भूमिकाबाट घोक्रेठ्याक लगाउने हिम्मत गर्ने कि नगर्ने ?

    मिलन समीर, (केन्द्रीय सदस्य), स्थायी शिक्षक हकहित मञ्च , नेपाल ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।