१. "मृत्युु"
लाेग्ने मर्दा
श्रिमतिकाे चुरा फुटाईयाे,
सिउदाेकाे सिन्दुर पखालियाे,
सारिकाे रङ्ग खाेसियाे,
तर
श्रीमती मर्दा लाेग्नेकाे
केही फुटाइएन,
न त पखालियाे उसकाे सिउदाे,
न त रङ्ग नै फेरियाे
उसकाे कपडाकाे,
किन लाेग्नेकाे मृत्युु मा
श्रिमतिले सर्वस्व गुमाउनुपर्ने,
तर श्रिमतिकाे मृत्युमा श्रिमानले केही
नगुमाए पनि हुने,
मृत्युको पनि याे कस्तो असमान नियम ?
२. "अस्तित्व"
जुन मन्दिरका मुर्तिहरु सामु
तिमी तिम्रो अस्तित्वको
लागि हात जाेडिरहेछै,
कुनैदिन तिनै मन्दिरका
मुर्तिहरुले आफ्नाे
अस्तित्वको लागि आवाज उठाएभनी
तिमी कसका अगाडि हात जाेड्छाै?
कहिल्यै साेचेकाछाै ?
३. "बसाइँसराइ"
मान्छेहरु पहिला गाउँमा बस्थे
उनिहरुलाई गाउँ मन पर्थ्याे
बिस्तारै उनिहरुलाई
गाउँ भन्दा शहर मन पर्न थाल्याे,
उनिहरु शहरतिर बसाइँ सरे,
उनिहरु फेरि शहर छाेडेर
राजधानि बसाइँ सरे,
अचेल मान्छेहरु गाउँ,शहर, र राजधानी
छाेडेर बिदेश बसाइँ सर्दैछन,
सायद उनिहरुलाई अचेल
देश नै मन पर्न छाेडेकाे छ ।
४. "इन्द्रेणी"
आमा !
तपाई सधैं किन
सेताे रङ्गकाे मात्र कपडा लगाउनुहुन्छ ?
तपाईले किन लगाउनुहुन्न
राताे,सुरङ्ग,पहेंलो,हरियाे,निलाे,रञ्जनी,बैजनी
रङ्गका कपडाहरु ?
आकाशमा देखिएकाे इन्द्रेणी देखाउदै
आमाले भनिन् ,
"छाेरा उ त्याे इन्द्रेणीलाई हेर त
हाे त्यहि इन्द्रेणीले चाेरेकाे हाे
तिम्रो आमाले लगाउने
अरु कपडाहरुकाे रङ्ग । "
५. "प्रश्न"
पहिलाे भेटमा
चुपचाप चुपचाप रहेका उनिहरु
छुट्टिदा एकअर्कालाई
गर्नु गालि गरेर छुटेका थिए
यति बेला मैले साेचिरहेछु ,
यदि कुनैदिन कुनैठाउँमा
अचानक उनिहरुकाे
फेरि भेट भयाे
भने त्याे बेला
उनिहरुकाे प्रतिक्रिया के हाेला?
६. "कारणहरु"
एकअर्काप्रतिकाे
क्षणिक आकर्षणकाे
कारण
जाेडिएका सम्बन्धहरु
टुट्न खासै ठुला कारणहरु
नचाहिने रहेछन ।
७. "बाढी "
बग्
अझै बेगले बग ,
तसँग भएजति काे बल लगाएर बग
र बगाइदे तेरा बगरतिरकाका घरधुरिहरु
तैले नबगएसम्म
दुइचार सिउदाेकाे सिन्दुर ,
नबगाएसम्म दुईचार घर,
चुर्लुम्मै नडुबाएसम्म याे पुरै शहर
तलाई कसैले याद गर्दैन
ईतिहासका पानाहरुमा....
८. "दाेधार"
म हाम्रो भविष्यकाे लागि
खाडिमा रकम जाेड्दैथिए,
उता गाउँ बाट खबर आयाे
तिमिले त अर्कैसँग
सम्बन्ध जाेडिसकिछाै,
अहिले म दाेधारमा छु,
अब म यहाँ खाडिमा कसका
लागि रकम जाेडाैँ ।
९. "साथ"
तिमिले छाेडेर गएदेखि
साथ छाेडेका छन मेरा सपनाहरुले पनि,
भएका केही थान रहर पनि
परपर भागेका छन म देखि ,
अहिले म सँग केही
मुठ्ठि सास मात्रै बाँकी छ,
र म त्यहि मुठ्ठिभर
सासले साथ छाेड्ने दिन कुरिरहेछु ।
१०. "भगवान"
हाम्रा
भगवानहरुलाई पनि
कुनै कुराकाे चाह हुदाे हाे कि नाइँ?
हामिले हाम्रो चाहना पुर्तिकाे लागि
भगवानसँग हात फैलाए जसरी
भगवानहरु आफ्नाे चाहना
पूरा हाेस भनेर
कसकाे अघि हात फैलाउदाँ हुन् ,
अँ साच्चि, भगवानहरुकाे पनि
भगवान हुन्छन कि नाइँ ? (जीवन तिवारी)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology