Logo

२०८३, आश्विन १२गते


images
images

भवानीपुरमा तीनदिने रामनवमी मेला सुरु

भवानीपुरमा तीनदिने रामनवमी मेला सुरु

images
  • सेतोमसी सहकर्मी
  • भवानीपुरमा तीनदिने रामनवमी मेला सुरु
    images
    images

    देवदह । रुपन्देहीको देवदह-४ भवानीपुरमा तीनदिने रामनवमी मेला सुरु भएको छ । कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिले आयोजना गरेको मेलामा टिकुली दौड, ढकिया दौड, अन्तर आमा समूह स्तरिय रसी दौड प्रतियोगिता र भजन गायन प्रतियोगितासमेत हुने जनाईएको छ ।

    images
    images
    images

    मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघीय सरकारका भुमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ऐनहरू एक आपसमा बाझिएको हुनाले लालपुर्जा वितरणको काम प्रभावकारी रूपमा अघि बढ्न नसकिएको बताए । उनले भुमिसुधार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको निति र ऐन बाझिएको कारण काम गर्न गार्ह्यो  भएको जिकिर गरे । IMG-20240416-WA0008.jpg

    images
    images
    images

    सोही कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण श्रेष्ठले रामनवमी मेला चैते दशैको अवसरमा एकदिन मात्र मेला लाग्ने गरेको भएपनि अहिले ३ दिन सम्म मेला संचालन भएकोमा खुसी व्यक्त गरे । उनले रामनवमी कार्यक्रम ९ दिन नै गर्न सके यसले पर्यटन विकाससंगै संस्कृतिको रक्षासमेत हुने विचार व्यक्त गरे ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगर प्रमुख धुर्व प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पुर्व नगर प्रमुख हिरा बहादुर केसी लगायतको उपस्थिति रहेको थियो । IMG-20240416-WA0010.jpg

    कार्यक्रममा कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समिती अध्यक्ष लिला बल्लब भट्टराईको अध्यक्षतामा र देवदह वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मीको स्वागतमा रहेको थियो ।

    मेलामा उज्यालो लालटिन प्रतिष्ठानले निशुल्क स्वास्थ्य सेवा, नेपाल मगर संघ देवदह र थारू कल्याणकारी सभा देवदहले निशुल्क पिउने पानी वितरण गर्ने आयोजकले जनाएको  छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामनवमी मेला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।