Logo

२०८३, आश्विन १७गते


images
images

आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति

आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति

images
  • सेतोमसी सहकर्मी
  • आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन् ।  

    images
    images
    images

    बिहीवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा सुरू भएको चौथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै उनले ऊर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुसीको विषय भएको बताए । 

    images
    images
    images

    नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको राष्ट्रपति पौडेलको भनाइ छ ।
    उनले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि निरन्तर क्रियाशील रहनुपर्ने बताए । उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिनाझन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए । 

    images
    images
    images

    राष्ट्रपति पौडेलले संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको उल्लेख गर्दै सरकारले ऐन, कानुन, नीति निर्माणमा सहजीकरण गर्नुपर्ने बताए । “स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिनाझन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो । यसले निजी क्षेत्रको उत्साह वृद्धि भई मुलुकको समग्र अर्थतन्त्रमा योगदान पुग्नेछ । संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको छ । सरकारले ऐन, कानून, नीति निर्माणमा सहजीकरण गर्नुपर्छ,” राष्ट्रपति पौडेलले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।