Logo

२०८३, श्रावण ३०गते


images
images

आजबाट सुरु हुँदै वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिज

आजबाट सुरु हुँदै वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिज

images
  • सेतोमसी सहकर्मी
  • आजबाट सुरु हुँदै वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिज
    images
    images

    काठमाडौं । नेपाल र टेस्ट टोली वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी-२० सिरिज शनिबारबाट सुरु हुँदैछ। टियु मैदान, कीर्तिपुरमा आज मध्यान्ह १२:१५ बाट सुरु हुने खेलमा नेपाल आफ्नो पछिल्ला खेलको खराब अवस्था सुधार्दै टी-२० विश्वकपअघि आफ्नो लय समात्ने प्रयासमा रहेको छ।

    images
    images
    images

    रोहित पौडेलको कप्तानीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको खेलका लागि २० सदस्यीय टोलीको घोषणा गरेको छ। क्यानले शुक्रबारमात्रै कमलसिंह ऐरी, स्पिनर सागर ढकाल, युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपेको थियो।

    images
    images
    images

    बिहीबार घोषित १६ सदस्य टोलीमा एसिसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई मात्र थपिएको थियो। अब २० जनाबाट आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा गएर टी-२० विश्वकप खेल्ने नेपाली टोलीको टुंगो लाग्ने छ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी-२० विश्वकपका लागि खेलाडीको नाम दर्ता गर्ने अन्तिम दिन १ मेलाई तोकेको छ। त्यो डेडलाइनअघि नेपालले वेष्ट इन्डिज ‘ए’ विरुद्ध आज शनिबार र आइतबार दुई खेल खेल्नेछ।

    नेपाललाई विश्वकप टोली घोषणा गर्नु पर्ने दबाब बढ्दा टोलीमा एकरूपको प्रदर्शन देखिएको छैन। जसले गर्दा थप चुनौती थपेको छ।

    नेपाली टोली:

    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी

    वेस्ट इन्डिज टोली:

    रोस्टन चेज (कप्तान) एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।