Logo

२०८३, श्रावण ३०गते


images
images

वेस्ट इन्डिजद्वारा नेपालसामु २ सय ५ रनको लक्ष्य प्रस्तुत

वेस्ट इन्डिजद्वारा नेपालसामु २ सय ५ रनको लक्ष्य प्रस्तुत

images
  • सेतोमसी सहकर्मी
  • वेस्ट इन्डिजद्वारा नेपालसामु २ सय ५ रनको लक्ष्य प्रस्तुत
    images
    images

    काठमाडौँ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो ।

    images
    images
    images

    पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए । 

    images
    images
    images

    त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए । किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

    images
    images
    images

    नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १–१ विकेट लिए ।

    शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वेस्ट इन्डिज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।