Logo

२०८३, श्रावण ३०गते


images
images

पोखराको हेम्जामा बस दुर्घटना

पोखराको हेम्जामा बस दुर्घटना

images
  • सेतोमसी सहकर्मी
  • पोखराको हेम्जामा बस दुर्घटना
    images
    images

    राजेश पराजुली, पोखरा । बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना भएको छ । केहि समय अघि भएको दुर्घटनामा परी केही यात्रुहरु सामान्य घाइते छन् ।

    images
    images
    images

    ग १ ख ९२९७ नम्बरको बस तनहुँबाट ३६ जना लिएर बागलुङ गएकोमा कालिका मन्दिर दर्शन गरी फर्कँदै थियो । पोखरा २५ याम्दी क्षेत्रमा  तिब्बतीयन क्याम्प नजिक दुर्घटनामा परेको स्थानीयले जनाएका छन् ।

    images
    images
    images

    दुर्घटनामा परी केही यात्रु सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाइएको छ ।

    images
    images
    images

    स्थानीयका अनुसार बस अत्यधिक गतिमा थिएन । टायर पञ्चर भएर दुर्घटना भएको आशंका गरिएको छ । घटनाबारे प्रहरीले आधिकारिक जानकारी दिइसकेको छैन । सडक क्लियर गर्ने कार्य भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।