हजारौ वर्ष पहिले देखि मानव समाज र नदीको विचमा गहिरो र आत्मिय सम्बन्ध रहदै आएको छ । विश्व इतिहास अध्ययन गर्दा मानव सभ्यता नदीको किनारमा उत्पत्ति र विकास भएको पाईन्छ । मानव अस्तित्व नदीसँग जोडिएको छ । प्राचीन कोलिय गणराज्य र शाक्य गणराज्यको मानव सभ्यता रोहिणी नदी र त्यसको सभ्यता सँग जोडिएको छ । विभिन्न बौद्ध साहित्य तथा सुत्त निकाय अन्तरगत अत्थदण्ड – अर्थकथा, महासमय सुत्त–अर्थकथा र जातककथा लगाएत विभिन्न बौद्ध साहित्य र अन्य ग्रन्थहरुमा उल्लेख भए अनुसार प्राचीन शाक्य (कपिलवस्तु) गणराज्य र कोलिय गणराज्य (देवदह) को सिमा नदीको रुपमा रहेको नदीलाई ऐतिहासिक÷ बुद्धकालिन रोहिणी नदी भनिन्छ । रोहिणी नदीको उदगम तत्कालिन शाक्य र कोलिय गणराज्यको सिमा नदीको रुपमा रहि शिवालिक पर्वत (चुरे पहाड) बाट भएको हो । उक्त रोहिणी नदी हाल रुपन्देही जिल्ला अन्तरगत देवदह नगरपालिका वार्ड नं. १० मुढाबासको उत्तरतर्फ ऐतिहासिक माथागढी क्षेत्रको चुरे पहाडबाट उद्भव भई देवदह नगरपालिकाको पश्चिम सिमा नदीको रूपमा रहि देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिका भएर दक्षिण तर्फ भारतको उत्तर प्रदेश प्रवेश गर्दै गोरखपुर नजिकै पश्चिमतर्फ राप्ती नदीमा मिसिन्छ, त्यसपछि बरहज, घाघरा हुदै गंगा नदीमा मिसिएको छ । नेपाल र भारत गरि रोहिणी नदीको लम्बाई १२२ कि.मि (७६ माइल) रहेको छ ।
विश्व इतिहास तथा मानव एवम नदी सभ्यताको अध्ययनले नदीलाई मानव सम्यताको जननीका रूपमा हेरिएको छ । विश्वको जुनसुकै प्राचीन सभ्यता नदी सभ्यतासँगै विकास भएको छ । विश्व इतिहास चाहे सिन्धु वा गंगा वा नील वा ह्ंगो वा गण्डकी वा नारायणी वा कोसी वा कर्णाली वा रोहिणी वा अन्य जुनसुकै नदी किनारमा मानव सभ्यता हुर्के, बढेको र विकास भएर नै मानव समाज आजको ठाउँमा आइपुगेको हो । नदीको प्रमुख श्रोत पानी बिना मानिस वा कुनै पनि जीवको अस्तित्व सम्भव छैन । मानव जातिको र सम्पूर्ण जीवनको लागि पानीको अत्यन्त महत्वपूर्ण स्थान रहेको छ । विश्वभर वा भनौ जुनसुकै ठाउँमा पानीको बाडफाडको विषयलाई लिएर प्राचीन इतिहासदेखि नै झगडा हुँदै आएको छ । तत्कालिन कोलिय गणराज्य र शाक्य गणराज्यको सिमा नदीको रुपमा रहेको रोहिणी नदीको पानी बाडफाडको विषयलाई लिएर दुइटा राज्यका किसानहरुको झगडा राज्यस्तरको झगडामा परिणत भएको थियो । शाक्य गणराज्य (कपिलवस्तु) र कोलिय गणराज्य(देवदह) को उत्पत्ति र विकासको प्राचीन इतिहासलाई पनि यस सन्दर्भमा जोडनु उपयुक्त हुन्छ ।
पूर्वकालमा कोशल राज्य (शाकेद) का इच्छाकुक वंशका राजा ओक्काकका पहिलो श्रीमतीबाट चार छोरा (उत्कामुख, करण्ड, हस्तनिक र सिनिपुर) र पाँच छोरी (प्रिया, सुप्रिया, आनन्दा, बिजिता र बिजितसेना) को जन्म पश्चात जेठी रानीको निधन भएको थियो । राजाले दोस्रो विवाह जयन्तीसंग गरेका थिए र उनीबाट छोरा जयन्तुको जन्म भएको थियो । कान्छी रानीको इच्छा पूर्ण गर्न छोरा जयन्तुलाई आफ्नो उत्तराधिकाइ बनाई जेठी रानी तर्फका चार छोरा र पाँच छोरीलाई देश निकाला गरेका थिए ।
उनीहरु उत्तरतर्फ हिमालय प्रदेश तिर गई एउटा पोखरीको किनारको महाशाक बनखण्डमा बसोबास गरे जहाँ साँख्य दर्शनको प्रणेता कपिल ऋषिले तपस्या गरेका थिए । समयक्रममा जाति बिग्रेला भनि जाति र परिवारको लागि जेठी प्रिया राजमाता भएर रहने गरि चार दाजुभाइ र चार दिदी बहिनीको एक आपसमा विवाह गरि घरजम गरेका थिए । केहि समयपछि राजा ओक्काकले निश्काषित छोराछोरीको हालखवर बुझ्न मन्त्री र कर्मचारीलाई पठाए । दाजु बहिनी विवाह गरेर राजकुमार राजकुमारीहरू उत्तरतर्फ हिमालय प्रदेशमा एउटा पोखरीको किनारमा महाशक भन्ने वनखण्डमा बसेका छन भन्ने जानकारी राजालाई दिए । राजा खुसी भई शाक्या, हे राजकुमार । शाक्य, हे राजकुमार । शक्यवत भो कुमारा भन्ने कुरा राजाको मुखबाट निस्कियो । ओक्काक राजाको उक्त बोलि शाक्यबाट वा शाकेदबाट आई बसेको हुनाले राजकुमार राजकुमारीहरूलाई शाक्य भन्न थालियो । त्यहाँदेखि शाक्य जातिको प्रार्दुभाव भयो । उनीहरू नै शाक्यका पूर्वज थिए । साथै कपिलऋषिले तपस्या गरेको र उनैले उक्त बस्ती बसालेको हुनाले कपिलबस्तु भनियो ।
समयक्रममा राज्यको स्वरूप ग्रहण गरि राजा शुद्धोदनको पालासम्म आइपूग्दा शाक्य गणराज्य (कपिलबस्तु) को पूर्वी सिमना रोहिणी नदी, पश्चिम सिमना राप्ती नदी, उत्तर तर्फ शिवालिक पर्वत र दक्षिण तर्फ कोशलराज्यको सिमा सम्म कायम रहको थियो ।
राजमाता भएर रहेकी जेठी प्रियालाई कुष्ठरोग लागेको हुनाले राजकुमारहरूले वस्ती भन्दा केहि टाढा उत्तर पूर्वमा कोलवृक्ष घारीमा ओडारमा बस्ने व्यवस्था मिलाएका थिए । सोहि समयमा काशीका राजा रामलाई पनि त्यस्तै रोग लागेको हुनाले उत्तर तर्फको जंगलमा कोलवृक्ष घारीमा राखिएको थियो । एक दिन जंगलमा बाघ देखे पछि प्रिया चिच्चाईन उक्त आवाज रामले सुनेपछि खोज्दै जाँदा दुवैको भेट भयो । एउटै रोगबाट पिडित भएको र जंगली जनावरबाट बच्च दुवैजना सँगै बस्न थाले । कोलवृक्ष वा बयर वा जामुनको जडीबुटीको प्रयोगबाट समयक्रममा दुबैको रोग सञ्चो भयो र रोगबाट निको भए पश्चात उनीहरूको विचमा विवाह भएर घरजम गर्न थाले ।
राजमाता भएर रहेकी जेठी प्रियालाई कुष्ठरोग लागेको हुनाले राजकुमारहरूले वस्ती भन्दा केहि टाढा उत्तर पूर्वमा कोलवृक्ष घारीमा ओडारमा बस्ने व्यवस्था मिलाएका थिए । सोहि समयमा काशीका राजा रामलाई पनि त्यस्तै रोग लागेको हुनाले उत्तर तर्फको जंगलमा कोलवृक्ष घारीमा राखिएको थियो । एक दिन जंगलमा बाघ देखे पछि प्रिया चिच्चाईन उक्त आवाज रामले सुनेपछि खोज्दै जाँदा दुवैको भेट भयो । एउटै रोगबाट पिडित भएको र जंगली जनावरबाट बच्च दुवैजना सँगै बस्न थाले । कोलवृक्ष वा बयर वा जामुनको जडीबुटीको प्रयोगबाट समयक्रममा दुबैको रोग सञ्चो भयो र रोगबाट निको भए पश्चात उनीहरूको विचमा विवाह भएर घरजम गर्न थाले ।
राम र प्रियाबाट १६ सन्तानको जन्म भयो । कोलवृक्षको उपचारपछि कुष्ठरोगीबाट जन्मेका सन्तानहरूलाई कोलिय भन्न थालियो । जुन कोलिय वंशका पूर्वज थिए । समयक्रममा राज्यको स्वरूप ग्रहण गरि राजा डण्डपाणी सुप्रबुद्धसम्म आइपुग्दा कोलिय गणराज्य (देवदह) रोहिणी नदीदेखि पूर्व सदा निरा (नारायणी नदी) सम्म रहन गयो । उत्तर तर्फ शिवालिक पर्वत र दक्षिण तर्फ मगध राज्य रहेको थियो । रोहिणी नदीको पूर्वी किनारमा कोलिय गणराज्य रहको थियो ।
तत्कालिन शाक्य (कपिलबस्तु) गणराज्य र तत्कालिन कोलिय गणराज्य (देवदह) को सिमा नदी
रोहिणी नदीको पूर्व तर्फ – कोलिय गणराज्य
रोहिणी नदीको पश्चिमतर्फ – शाक्य गणराज्य
बौद्ध साहित्यमा तपसिलका दुई प्रश्नहरूको बारेमा चर्चा गरिएको पाईन्छ ।
१) के राजकुमार सिद्धार्थले सुत्केरी पत्नी र नवजात छोरालाई अलपत्र पारी मध्यरातमा घर छाडेका थिए ?
२) के बालक, रोगी, वृद्ध र मृतक देखेपछि वैरागी भएर कसैलाई पत्तो नदिई घर त्यागेका थिए ?
यो माथि उल्लेख गरिएका मिथकहरूको हवला दिएर महामानव बुद्धको महानता माथि प्रश्न उठाउनेहरू धेरै छन् । तर भारतीय संविधान निर्माता भीमराव अम्वडेकरको सन् १९५७ मा प्रकाशित अनुसन्धानात्मक किताब बुद्ध एण्ड हिज धम्म ले यस सम्बन्धी उद्घाटन गरेको तथ्य स्तब्ध पार्ने खालको छ । रोहिणी नदीको विवादमा अल्पमतमा परेपछि आत्मदण्ड स्वरूप उनले देश छाडेका थिए । आफ्नो समयका अत्यन्त सचेत र बौद्धिक सिद्धार्थले २९ वर्षसम्म रोगी, वृद्ध, योगी र मृतक देखेका थिएनन् होला ? आचार्य धर्मानन्द कौसम्बी लगायत बौद्ध विद्धानले यस्तो प्रश्न उठाए । ३५ वर्षसम्म गम्भिर अध्ययनपछि अम्वडेकर सोहि निष्कर्षमा मागै गुगेनन् । उनले बुद्धको जीवतीको एउटा नयाँ पाटो उधिने । पछि अन्य राजनितिक इतिहासकारले पनि यसैलाई पुष्टी गरे ।
केही बौद्ध साहित्यमा लेखिए अनुसार रोहिणी नदीको दुबै तर्फका कोलिय र शाक्य राज्यका किसानहरूको खेती सिंचाईको लागि रोहिणी नदीको पानी प्रयोग हुन्थ्यो । दुवै राज्यका नागरिकहरूले बर्षौंदेखि आवश्यकता अनुरु प सामन्यतया बराबरीको सिद्धान्त अनुसार समुचित रुपमा सिंचाई गर्दै आइरहेका थिए । समयक्रममा कुनै वर्ष वर्षातमा पानी कम परेको कारण नदीमा पानीको मात्रा कम भयो र सिंचाईको लागि नदीमा पानी कम भएपछि दुवै तर्फ आवश्यकता पुरा नभए पछि झगडा भएको थियो । विभिन्न बौद्ध साहित्य र दिघ निकायमा उल्लेख भए अनुसार झगडाको जानकारी पाएपछि सिद्धार्थ गौतम रोहिणी नदीमा गएर रोहिणी नदीको पानीको बाडँफाडँको विषयमा कोलिय र शाक्य राज्यका किसानहरुको विचमा झगडा हुँदा सिद्धार्थ गौतमले दुवै राज्यका किसानहरुलाई तपसिल अनुसार प्रश्न गर्नु भएको थियो ।
१) पानीको मूल्य कति हुन्छ ? दुवैको उत्तर थियो – धेरै
२) जीवनको मूल्य कति हुन्छ ? दुवैको उत्तर थियो पानी भन्दा धेरै
सिद्धार्थ गौतम २८ वर्ष पुग्दा दुई राज्यका किसानहरूको बिचमा फेरी ठूलो झगडा प¥यो । किसानको तहमा कुरा नमिले पछि राज्य तहमा आइपुग्यो । दुवै पक्ष युद्धबाटै समस्या समाधान हुनुपर्ने निष्कर्षमा पुगे । शाक्य सेनापतिले सभा बोलाएर कोलिय विरूद्ध युद्धको प्रस्ताव राखे । सिद्धार्थले वार्ताद्वारा शान्तिपूर्ण समाधानमा जोड दिए । दुवै प्रस्तावमाथि मतदान हुँदा सिद्धार्थको प्रस्ताव पराजित भयो तैपनि युद्ध गर्न उनी सहमत भएनन् ।
पानीको झगडामा प्रकृतिको अनमोल बरदान मानव जीवनलाई खेर फाल्नु हुदैन भनि सिद्धार्थ गौतमले सम्झाई झगडाको समाधान गर्नु भएको थियो । तीन पटकसम्मका झगडामा यसरी नै झगडा समाधान गरि मेलमिलाप गराउनु भएको थियो । यस्तै सम्दर्भमा अम्वडेकरका अनुसार शाक्य संघमा छिरेको आठ वर्ष पछि शान्ति, न्याय र सत्यको पक्ष लिदा सिद्धार्थले अकल्पनीय गासदी भोग्नु पर्यो । (२० वर्ष उमेर पुगेका हरेक युवा शाक्य संघको सदस्य हुने प्रचलन रहेको थियो ।) शाक्य र कोलिय राज्यको बिचमा रोहिणी नदी थियो । नदीको पानी दुवै राज्यले प्रयोग गर्थे । पानी लगाउने क्रममा दुई राज्यका किसान बिच समय समयमा विवाद भईरहन्थ्यो । सिद्धार्थ गौतम २८ वर्ष पुग्दा दुई राज्यका किसानहरूको बिचमा फेरी ठूलो झगडा प¥यो । किसानको तहमा कुरा नमिले पछि राज्य तहमा आइपुग्यो । दुवै पक्ष युद्धबाटै समस्या समाधान हुनुपर्ने निष्कर्षमा पुगे । शाक्य सेनापतिले सभा बोलाएर कोलिय विरूद्ध युद्धको प्रस्ताव राखे । सिद्धार्थले वार्ताद्वारा शान्तिपूर्ण समाधानमा जोड दिए । दुवै प्रस्तावमाथि मतदान हुँदा सिद्धार्थको प्रस्ताव पराजित भयो तैपनि युद्ध गर्न उनी सहमत भएनन् ।
जातक कथामा उल्लेख भए अनुसार – पूर्वजन्म मध्ये कुनै जन्ममा शाक्यहरू नदीमा माछा मार्ने माझी रहेका थिए भने कोलियहरू माछाको रूपमा थिए । माछालाई जालमा पारि आफ्नो आधार बनाएका थिए । यस जन्ममा कोलियले शाक्यलाई बदला लिने कुरा सिद्धार्थलाई ज्ञान भयो । पानी बाडफाडका विषयमा ३ पटक सम्मका झगडा सिद्धार्थ गौतमले समाधान गरेको भए पनि चौथो पटक किसान विजको झगडा राज्यस्तरको झगडाको रूपमा परिणत भएको र दुवै राज्य शैन्य समाधानको बाटोमा अगाडी बढेको स्थितिमा सिद्धार्थको शान्तिपूर्ण समाधानको बाटो अस्वीकृत भएको थियो । शाक्यहरू सिद्धार्थको आफ्नै खलकहरू थिए भने कोलियहरू मावली र ससुराली थिए । यसकारण पनि उनी यद्धको पक्षमा थिएनन् ।
उनका सामु तीन विकल्प थियो ।
१) युद्धमा सहभागी हुनु ।
२) मृत्युदण्ड भोग्नु वा निवसिनमा जानु
३) परिवारको सामाजिक वहिस्कार तथा सम्पत्ति जफत स्वीकार्नु ।
पहिलो विकल्पको उनी पुरै विरोधी भए । परिवारको विपत्तीबारे उनी कल्पनै गर्न सक्दैनथे । यस स्थितीमा आत्मदण्ड स्वरूप सन्यासी भएर देश छाड्नु राजी भए । २९ वर्षको उमेरमा उनले गृह त्याग गरे । ६ वर्षसम्मको कठोर तपस्या पछि उनलाई ज्ञान प्राप्त भयो । त्यसपछि सिद्धार्थ गौतमलाई शाक्यमुनी बुद्ध÷ भगवान बुद्ध भन्न थालियो । यस तथ्यबाट पनि भन्न सकिन्छ गौतम बुद्धबाट भगवान बुद्ध बन्ने प्रक्रियामा वा भनौ ज्ञान प्राप्तीको लागि रोहिणी नदीको समेत महत्वपूर्ण भूमिका रहेको छ । तसर्थ रोहिणी नदी ऐतिहासिक र पवित्र नदीको रूपमा रहेको छ ।
भगवान बुद्धको ज्ञान प्राप्तिमा अनेक श्रोत, सन्दर्भ र कारणहरू मध्ये रोहिणी नदी पनि महत्वपूर्ण श्रोत र मिथकको रूपमा रहेको छ । रोहिणी नदीको पानी बाडफाड विषयलाई लिएर सुरू भएको शाक्य र कोलियको झगडालाई शान्तिपूर्ण ढङगले वार्ताद्वारा समाधान खोज्न नसक्दा सिद्धार्थ गौतमले गृहत्याग गर्नु पर्ने परिस्थिती निर्माण भएको थियो । जसको कारण मानव कल्याणको लागि मध्यमार्गी दर्शन ÷धर्मको रूपमा बौद्ध धर्मको विकास भएको थियो ।
शाक्यमुनी बुद्धको जन्मस्थान लुम्बिनी प्रमाणित भएको र २९ वर्ष बिताएको कपिलवस्तु पनि प्रमाणित भएको भए पनि गौतम बुद्धलाई जन्म दिने माता मायादेवी, पालनोषण गर्ने माता प्रजापति एवम् जीवन संगिनी यशोधराको जन्मस्थल प्राचीन कोलिय गणराज्य देवदव प्रमाणित हुन बाँकी रहे पनि रोहिणी नदीदेखि पूर्व तर्फ नारायणी नदी (त्रिवेणी) सम्मको सम्पूर्ण भू–भाग कोलिय गणराज्य रहेको र राजधानी देवदह रोहिणी नदीको पूर्वी किनारमा रहेको कुरा बौद्ध साहित्यमा उल्लेख भए अनुसार हालको देवदह नगरपालिका र त्यसको आसपास नै प्राचीन कोलिय गणराज्यको राजधानी रहेको हुनुपर्दछ । जे होस रोहिणी नदी पूर्वको सम्पूर्ण भू–भाग नै प्राचीन कोलिय गणराज्य थियो भन्ने कुरामा दुईमत हुन सक्दैन ।
प्राचीन कालमा शाक्य गणराज्य र कोलिय गणराज्यको सिमा नदीको रूपमा रहेको रोहिणी नदीको कारण कृषिमा आधारित अर्थव्यवस्थालाई मजबुत गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । दुवै समृद्ध नगर राज्यको रूपमा परिचित थिए । प्राचीन रोहिणी सभ्यताले गर्दा कोलिय र शाक्य गणराज्यको सभ्यता,संस्कृती र समृद्धि अनुपम थियो । वर्तमानमा प्राचीन रोहिणी सभ्यतालाई पूर्नजाग्रित गरि बौद्ध दर्शन, धर्म र संस्कृतीको विकास सहित अगाडी बढ्न जरुरी छ । त्यसको लागि देवदह नगरपालिकाको अगुवाई तथा रोहिणी नदीसँग जोडिएका चारैवटा पालिकाको सहकार्यमा लुम्बिनी विकास कोष, लुम्बिनी प्रदेश सरकार र संघिय सरकारको समेत सहयोगमा तपसिलका कार्यहरू सम्पन्न गरि पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सकिन्छ ।
१) रोहिणी कोरिडोरको अवधारणा अगाडि बढाई रोहिणी नदीको दुवै तर्फ उत्तर दक्षिण सडक निर्माण गर्ने । साथै सडक र नदीको विचमा सौन्दरीकरणको लागि वृक्षारोपण गरि हरियाली निर्माण गर्ने ।
२) रोहिणी नदीको स्वच्छताका लागि सरसफाई अभियान संचालन गर्ने ।
३) रोहिणी सिंचाई आयोजना (देवदह –२ र तिलोतमा नगरपालिका वार्ड नं. १०) सँग जोडेर जलयात्रा संचालन गर्ने । आवश्यकता अनुसार पार्क र रिर्सोट निर्माण गर्ने ।
४) प्राचीन झल्को दिने गरि रोहिणी नदीमा पानीको बाडफाडको विषयमा झगडा हुँदा भगवान बुद्धले सम्झाएर विवाद समाधान गरेको विषयलाई स्मरण गर्ने गरि आवश्यक ठाउँमा प्रतिमा ( क्तबतगभ) निर्माण गर्ने ।
५) बुद्धधर्म अनुसार बुद्धपूर्णिमा तथा बुद्धधर्मका विशेष दिन, हिन्दु धर्म अनुसार आमा बुवाको मुख हेर्ने दिनको औशी र छठियामाई पूजा (आवश्यकता अनुसार थप गर्ने), इद र क्रिसमसको दिनमा रोहिणी नदीमा नुहाउनु पर्ने विषयलाई स्थापित गर्ने जसको कारण धार्मिक सहिष्णुतासहित
रोहिणीको महत्वलाई व्यापक बनाउन सकिन्छ । हरेक लुम्बिनी आउने बौद्धिष्ट रोहिणी नदी पुग्नैपर्ने मान्यतालाई स्थापित गर्ने ।
६) रोहिणी नदीमा देवदह –९ मा रहेको जंगल पुष्करणी दह देव ‘दह’ को समेत पानी रोहिणी नदीमा मिसिएकोले दह वा रोहिणी नदीमा नुहाएर मात्र जुनसुकै ठाउँमा निर्वाचितहरुले कार्यभार शुभारम्भ गर्ने संस्कृतिको विकास गर्ने ।
७) रोहिणीको उपयुक्तस्थलमा चारैवटा पालिकालाईस पायक पर्ने गरि रोहिणीघाँटको (दाहासंस्कार स्थल) व्यवस्थापन गर्ने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology