Logo

२०८३, आश्विन ९गते


images
images

देवदहको रोहिणी नदीमा शव भेटियो

देवदहको रोहिणी नदीमा शव भेटियो

images
  • देवदहको रोहिणी नदीमा शव भेटियो
    प्रतीकात्मक तस्वीर
    images
    images

    देवदह । रूपन्देहीको देवदहस्थित रोहिणी नदी किनारमा शव फेला परेको छ । आइतबार बेलुका ६:३० बजेको समयमा देवदहको भलुही र तिलोत्तमा जोड्ने रोहिणी नदी पुलको छेउमा तिलोत्तमा - ११ का ६५ वर्षीय बोम बहादुर खत्रीको शव भेटिएको देवदह प्रहरी चौकी खैरेनीका इञ्चार्ज एक्कबहादुर नेपालीले जानकारी दिए । 

    images
    images
    images

    "हिजो बेलुका ६:३० को समयमा शव भेटिएपछि परिवारको जिम्मा लगाएर पोस्ट्मार्टममा पठाइएको छ ।" इञ्चार्ज नेपालीले सेतोमसीसंग भने, "शवको प्रकृति हेर्दा भलुही गौशाला नजिकैको मुख्य राजमार्गको पुलबाट नदीमा हाम फालेको र डुबेर मृत्यु भएको अनुमान गर्न सकिन्छ ।"

    images
    images
    images

    मृतक खत्री देवदहको भलुही मेडिकल कलेजमा उपचाररत रहेको र उपचारकै बीचबाट नदीमा गएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । 

    images
    images
    images

    घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शव
  • # रोहिणी नदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।