Logo

२०८३, श्रावण ३०गते


images
images

गगन थापाको दाबी : हाम्रो उपसभापतिले नारा लगाइरहेका बेला ओलीले हप्काउनुभो

गगन थापाको दाबी : हाम्रो उपसभापतिले नारा लगाइरहेका बेला ओलीले हप्काउनुभो

images
  • सेतोमसी सहकर्मी
  • गगन थापाको दाबी : हाम्रो उपसभापतिले नारा लगाइरहेका बेला ओलीले हप्काउनुभो
    फाइल फोटो
    images
    images

    काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टीका उपसभापति धनराज गुरुङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा हप्काएको दाबी गरेका छन् । गुरुङले ओलीप्रति अभद्र व्यवहार गरेको सन्दर्भमा पत्रकारले राखेको प्रश्नमा उनले यस्तो दाबी गरेका हुन् ।

    images
    images
    images

    थापाले भने, ‘हाम्रो उपसभापतिले नारावाजी गरिरहेका बेला ओली जुरुक्क उठेर आउनुभो र हप्काउनुभो । कथा त्यहाँबाट सुरु भएको हो । अझ, केही साथीहरु अशिष्ट ढंगबाट प्रस्तुत हुनुभो । हाम्रा साथीहरुले बोलेर त्यसको प्रतिवाद गर्नुभएको मात्र हो ।’

    images
    images
    images

    पत्रकारले सोधे, ‘एमाले अध्यक्ष ओलीले गुरुङलाई कोट्याएको जस्तो मात्र देखिन्छ, कसरी हप्काउनु भो ?’

    images
    images
    images

    थापाले जवाफ दिए, ‘एमालेको कोट्याउने तरिका त्यो हो भने कांग्रेसको उत्तर दिने तरिका यस्तै हो ।’

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।