देवदह । रुपन्देहीको देवदह -५ मा रहेको बुद्ध पब्लिक आवासीय मा.वि.मा शैक्षिक सत्र २०८१मा कक्षा नर्सरी देखि ९ सम्म भर्ना भएका २२३ जना नवआगन्तुक विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको थियो।
कार्यक्रममा बोल्दै बुद्ध पब्लिक आवासीय मा.वि. का प्राचार्य कृष्ण प्रसाद गैरेले बुद्ध पब्लिकलाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्दै अगाडि बढाउने बताए । उनले विद्यार्थीहरुलाई देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अगाडि बढ्न आग्रह समेत गरे।
कार्यक्रममा विद्यार्थीहरुले आफुमा भएको कला प्रस्तुत गरेका थिए।
विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेको अध्क्षयता र शिक्षक अनन्तराम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology