देवदह । रूपन्देहीको देवदह वडा नं २ मा रहेको एसियन लाइट बोर्डिङ स्कुलमा साप्ताहिक रुपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षागत हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।
विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ सञ्चालन भएको उक्त प्रतियोगितामा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी भएका थिए। जसमा नर्सरी देखि कक्षा २ सम्मका विद्यार्थीहरू बीच भएको प्रतियोगितामा समिर गैरे प्रथम भएका छन् , भने नितिशा किसन दोश्रो र अनुराग कवार तेस्रो भएका छन् ।
त्यस्तै कक्षा १ स्टार ग्रुप तर्फ प्रिन्सी चौधरी प्रथम, गणेश बहादुर थापा दोश्रो र सान्बी भण्डारी तेस्रो भनेकी छन्। कक्षा १ सन ग्रुप बाट लक्ष्मी केवट प्रथम , रेयन्शा केवट दोश्रो र अंसिका टेली तेश्रो भएकी छन्।
त्यसैगरी प्राथमिक तह कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरू बीच भएको हस्तलेखन प्रतियोगितामा अङ्ग्रेजी तर्फ तृशना थापा प्रथम , जेनिशा घर्ती मगर दोश्रो र हेमा रासकोटी तेश्रो भएकी छन्।
त्यस्तै नेपाली हस्तलेखन तर्फ जेनिशा घर्ती मगर प्रथम, अर्जु दिशा मगर दोश्रो र दिपिका चौधरी तेश्रो भएकी छन्। कक्षा ६ देखी ८ सम्म अङ्ग्रेजी विद्यार्थीहरू बीच भएको प्रतियोगितामा येमुना आले प्रथम , जेनिशा कवर दोश्रो र सोनिस्टा यादव तेस्रो भएकी छन्।
त्यसैगरी माध्यमिक तह कक्षा ९ देखी १० सम्म अङ्ग्रेजी हस्तलेख्न प्रतियोगितामा सफलता भुषाल प्रथम , ममता आले दोश्रो र आचल गुरुङ तेश्रो भएकी छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology