देवदह । रुपन्देहीको देवदह-२ मा रहेको एसियन लाइट इंग्लिस बोर्डिङ स्कुलले २५६८ औं बुद्ध जयन्तीको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरेको छ।
बुधबार विद्यालयको प्राङ्गणमा कक्षा १ देखि १० सम्मका १४ जना विद्यार्थीहरुले नृत्य तथा गायन कला प्रस्तुत गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रबन्ध निर्देशक बोधराज गौडेलले हरेक हप्ता तथा विभिन्न पर्वमा विद्यालयले सिर्जनात्मक कार्यक्रम सिर्जना गर्दै आएको र यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्बांगिण विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology