३१ चैत्र बुटवल- गुल्मीको मुसिकोट नगरपालिकामा रहेको "मुसिकोट युनेस्को केन्द्र" ले स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ ।
युनेस्को केन्द्रको आयोजना, "रुम्याटिक ट्रीटमेन्ट सेन्टर" काठमाडौ र "काठमाडौ हेल्थ केयर सेन्टर" बुटवलको प्राबिधिक सहयोगमा आगामी बैसाख १८ गते मुसिकोट नगरपालिकाको वामी टक्सारमा बृहत स्वास्थ्य शिबिर संचालन गर्न लागेको हो ।
विशेषज्ञ सेवा सहितको हाडजोर्नी, बाथ तथा स्नायु रोगका बिरामिहरुको लागि स्वास्थ्य शिबिर संचालन गर्न लागिएको मुसिकोट युनेस्को केन्द्रका अध्यक्ष मोहन घिमिरेले जानकारी दिनु भयो ।
उक्त शिबिरलाई व्यबस्थित तवरले सम्पन्न गर्न र नगर क्षेत्र भित्र रहेका बिरामिलाई निशुल्क सेवा प्रदान गर्न थप सहयोगको आबश्यकता रहेकोले संबद्ध सबै दातृ संस्थाहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोगको लागि क्लबले अनुरोध गरेको छ ।
उक्त दिन आयोजना गरिएको स्वास्थ्य शिबिरको व्यापक प्रचार प्रसार गरि सम्बन्धित बिरामिहरु सम्म सुचना प्रबाहित गरी सहयोग गरिदिनु हुन क्लबका सचिब बिष्णु प्रसाद आचार्यले सबैमा अनुरोध गर्नु भएको छ ।
साथै उक्त शिबिरको बारेमा जानकारी लिन या कुनै कुरा बुझ्नको लागि जुनसुकै बेला पनि आफ्नो नम्बर ९८४१५२९५७५ मा सिधै सम्पर्क गरि बिस्तृतमा बुझ्न सकिने पनि अध्यक्ष घिमिरेले बताउनु भयो ।
२०७६ सालमा स्थापना भएको केन्द्रले यो भन्दा अगाडि देखि नै सामाजिक काम गर्दै आइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology