रैनादेवी छहरा । पाल्पाको रैनादेबी छहरा गाउँपालिकास्थित सर्देवामा निर्माणाधिन सिजि सिमेन्टको निर्माण कार्यको जिम्मा लिएको भारतीय कम्पनी आयुकी फेब्रीकन प्राइभेट लिमिटेडले १३ महिनादेखि तलब नपाएका कामदारलाई किस्ताबन्दिमा रकम भुक्तानी गर्ने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय तानसेनमा भएको बैठकमा किस्ताबन्दीमा तलव भुक्तानी गर्ने सहमति भएको हो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकमा मजदुर र स्थानीय सप्लायर्सको रकम भुक्तानी गर्न चौधरी ग्रुप र आयुकी फेब्रीकनका प्रतिनिधि सहमत भएका हुन् ।
सहमति अनुसार ४० प्रतिशत रकम सेप्टेम्बरको अन्त्यसम्म, अर्को ४० प्रतिशत रकम २०२२ को जनवरी मसान्तसम्म र बाँकी २० प्रतिशत रकम २०२२ मार्चभित्र भुक्तानी गरिनेछ । भारतीय कम्पनी आयुकी फेब्रीकन प्रमुख नेपालमा नभएकाले फेब्रीकनको कार्यालयमा जिल्ला प्रशासनको उक्त निर्णय चौधरी ग्रुपले पठाउने निर्णय समेत जिल्ला प्रशासन कार्यालयमा भएको छ ।
स्थानिय सप्लायर्स र मजदुरको रकम १३ महिनासम्म नदिएर दु:ख दिने चौधरी ग्रुपमार्फत नेपाल आएको भारतीय कम्पनीलाई डण्डित गरि यथाशीघ्र रकम असुल गर्नुपर्नेमा उल्टै उक्त कम्पनीलाई ६ महिना बढिको समय उपलब्ध गराउने निर्णय गरिनु आफैमा न्यायसंगत भने देखिदैन ।
स्मरण रहोस्, मजदुर र सप्लायर्सको गरि करिब ६ करोड रुपैयाँ भारतिय कम्पनी फेब्रीकनले भुक्तानी गर्न बाँकी छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय पाल्पामा भएको सहमति

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology