Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहको खयरडाँडा क्षेत्रमा उत्खनन कार्य सुरु

देवदहको खयरडाँडा क्षेत्रमा उत्खनन कार्य सुरु

images
  • देवदहको खयरडाँडा क्षेत्रमा उत्खनन कार्य सुरु
    images
    images

    देवदह । रुपन्देहीको देवदह ९ स्थित खयरडाँडा क्षेत्रमा दोश्रो चरणको उत्खनन कार्य सुरु गरिएको छ।  गत वर्ष जेठमा उत्खनन गरिएको सो क्षेत्रमा पुन्ह एकबर्ष पछि उत्खनन् कार्य सुरु गरिएको हो । गत बर्ष गरिएको उत्खननका क्रममा प्राचीन इनार, माटाका भाडा, पर्खाल जस्ता पुरातात्त्विक वस्तुहरु भेटिएको थियो। 

    images
    images
    images

    अघिल्लो वर्ष १६ औं शताब्दी मध्यकालमा धार्मिक प्रयोजनका लागि निर्माण गरे जस्तो देखिने भग्नावशेष फेला परेको पुरातत्वविद हिमाल उप्रेतिले बताए । तर फेला परेका बस्तुको आधिकारिकता भने परिक्षण पश्चात मात्र पुष्टि हुने उप्रेतीले जानकारी गराए ।

    images
    images
    images

    उत्खनन शुभारम्भ कार्यक्रममा देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेल, नगर उप-प्रमुख विद्या लक्ष्मी गुरुङ, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, वडा नम्बर ९ का जनप्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

    images
    images
    images

    देवदह नगरपालिकाको आयोजना, लुम्बिनी विकास कोषको सह-आयोजना र पुरातत्व विभागको सहकार्यमा सुरु भएको उत्खनन कार्य एक महिना भन्दा बढी समय चल्ने छ ।  उत्खनन् कार्यको  लागि पुरातत्वविद हिमाल उप्रेतिको नेतृत्वमा पुरातत्व विभागका ६  जनाको टोलि खटिएको खयरडाडा संरक्षण समितिका अध्यक्ष जिवलाल रेग्मिले जानकारी गराए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदहको खयरडाँडा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।