Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहको खयरडाँडामा भेटियो ५ मिटर गहिरो प्राचीन इनार

देवदहको खयरडाँडामा भेटियो ५ मिटर गहिरो प्राचीन इनार

images
  • देवदहको खयरडाँडामा भेटियो ५ मिटर गहिरो प्राचीन इनार
    images
    images

    देवदह । रुपन्देहीको देवदह स्थित खयरडाडाँमा ५ मिटर गहिराई रहेको प्राचीन इट्टाको इनार भेटिएको छ । स्थानीयले बुद्धको मावली कोलिय गणराज्य भनि दावी गर्दै आएको सो क्षेत्र उत्खननको क्रममा प्राचिन इनार भेटिएको हो । IMG_1260 (1).JPG

    images
    images
    images

    देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष र पुरातत्व विभागले जेठ २५ गतेदेखि सुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचीन इट्टाको इनार भेटिएको हो ।

    images
    images
    images

    गतवर्ष देखि उत्खनन कार्य सुरु भएको सो क्षेत्रमा यो बर्ष थप भग्नावषेशहरु भेटिएको लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी गराए । उत्खननको क्रममा ३३ सेमि लम्बाई, २० सेमि चौडाई र ४ सेमि मोटाई रहको प्राचिन सिंङ्गा ईट्टाहरु समेत फेला परेको उप्रेतिले बताए । ‘गत वर्ष इनारको २ मिटर चौडाई सहितको आकार मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस (तल्लो भाग) सम्म पुग्नेगरि उत्खनन कार्य गरिरहँदा इनारको पूर्ण आकार भेटिएको छ’ उप्रेतीले भने ।IMG_1263 (1).JPG

    images
    images
    images

    उप्रेतिका अनुसार प्राचीन इनार भएता पनि साईज अनुसार सो क्षेत्रमा भेटिएको ईट्टा गुप्त पिरियड भन्दा ठुला र कुषाण पिरियडका भन्दा साना आकारमा रहेका छन् । जसलाई कार्बन डेटिङको लागि पठाएपछि मात्र कतिबर्ष पुरानो हो भनेर थाहा हुन्छ ।

    यसैगरि इनार भएको स्थानभन्दा दक्षिणतर्फ प्राचीन पर्खाल तथा त्यसका भग्नावशेषहरू भेटिएका छन् । उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाडा, प्राचीन इट्टा लगाइएको पर्खालका भग्नाअवशेषहरू भेटिएका हुन् । स्थानीयहरूले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इट्टाहरू निकालेको र त्यसरी इट्टा निकाल्दा समेत बाँकी रहेका स्थलमा अहिले उत्खखन भईरहेको उप्रेतीले बताए ।IMG_1261 (1).JPG

    देवदहबासीहरुले बुद्धको मावली दरबार दाबी गर्दै आएको खयरडाँडा क्षेत्रलाई छिट्टै उत्खनन गरेर पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । प्राचीन कोलिय राज्य अन्तर्गतका बिभिन्न क्षेत्रहरुमा जस्तै खायरडाँडामा पनि अझै ५ बर्ष उत्खननलाई निरन्तरता दिनुपर्ने पुरातत्व अधिकृत उप्रेतीले बताए । उनले खयरडाँडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई सङ्कलन गरि यसलाई पुरातात्विक गन्तब्यको रुपमा विकास गर्नुपर्ने औंल्याए ।

    inaar-1-2048x1365.jpg

    देवदह नगरपाकिकाको १० लाख रुपैंया बजेट बाट सुरु गरिएको उत्खनन कार्य अझै एक महिना जारी रहने खयरडाँडा संरक्षण समितिका अध्यक्ष जिवलाल रेग्मीले बताए । उत्खनन कार्यका लागि बरिष्ठ पुरातत्व अधिकृत प्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।