Logo

२०८३, श्रावण ३०गते


images
images

सन्दीपलाई भिसाका लागि जुलुस, दूतावासतिर युवाहरूको समूह

सन्दीपलाई भिसाका लागि जुलुस, दूतावासतिर युवाहरूको समूह

images
  • सेतोमसी सहकर्मी
  • सन्दीपलाई भिसाका लागि जुलुस, दूतावासतिर युवाहरूको समूह
    images
    images

    काठमाडौं । यही जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता अनिश्चित भएको छ ।

    images
    images
    images

    उच्च अदालतले सफाइ दिइसकेकोअवस्थामा अमेरिकाले विश्वक खेल्नका लागि त्यसतर्फ जान भिसा नदिएपछि सन्दीप समस्यामा परेका छन् ।

    images
    images
    images

    अन्य खेलाडीहरू विश्वकपको तयारीका लागि अमेरिकामा व्यस्त रहेका बेला सन्दीप भने अझै पनि भिसा आउने अपेक्षमा छन् ।

    images
    images
    images

    तर अमेरिकी दूतावासले बुधबारसम्म पनि सन्दीपलाई भिसाको ग्रीन सिग्नल दिएको छैन । यसबीचमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द नै पत्नीसहित अमेरिकातिर लागिसकेका छन् ।

    सन्दीपलाई भिसा नदिएको भन्दै केही युवाहरूको समूहले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    माइतघीर मण्डलबाट जुलुस निकालेर लामिछानेलाई भिसा दिन दबाबका लागि अमेरिकन राजदूतावास घेर्न युवाहरूको समूह गएको छ ।

    माइतीघर मण्डलबाट महाराजगञ्जतर्फ लागेका युवाहरूलाई प्रहरीले सुरक्षा दिएको छ ।

    टी २० विश्व कपका लागि जान लामिछानेलाई अमेरिकन राजदूतावासले भिसा नदिएपछि वेस्टइन्डिजमा हुने म्याचमा सहभागी गराउने भनिए पनि अझै त्यसको टुंगो लागेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।