Logo

२०८३, श्रावण ३१गते


images
images

बजेट निर्माणमा सत्ता साझेदार दलसँग छलफल नगरेको एमालेको गुनासो

बजेट निर्माणमा सत्ता साझेदार दलसँग छलफल नगरेको एमालेको गुनासो

images
  • सेतोमसी सहकर्मी
  • बजेट निर्माणमा सत्ता साझेदार दलसँग छलफल नगरेको एमालेको गुनासो
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताएका छन् । 

    images
    images
    images
    आइतबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सुरु भएको छलफलमा बोल्दै पूर्वअथृमन्त्री पौडेलले बजेट निर्माणका क्रममा आफ्नो पार्टीसँग छलफल नगरेकोमा सांकेतिक रूपमा असन्तुष्टि जनाए । 

    ‘अर्थमन्त्रीज्यू बजेट निर्माणका क्रममा यति व्यस्त हुनुभयो कि सत्ता साझेदार दलहरूसँग पनि छलफल गर्न भ्याउनुभएन’, पौडेलले भने, ‘अहिलेको बजेट राम्रो हुँदाहुँदै पनि छलफल गरेको भए अझ राम्रो हुने थियो ।’

    images
    images
    images

    उनले ६ प्रतिशतको आर्थिक वृद्धि, बजेटमा कृषिमा लगानी दशक लगायतका विषय राम्रा भएपनि कृषिको बजेट घटेको भन्दै त्यसमा अर्थमन्त्रीले ध्यान दिने विश्वास व्यक्त गरे । 

    images
    images
    images

    छलफलका क्रममा नेता पौडेलले बजेट निर्माणमा अर्थमन्त्रीले जोखिम उठाएको र सो जोखिम समाधान गर्न पनि तत्पर रहनुलाई सकारात्मक रूपमा लिएको बताए । 

    ‘बजेट महत्वाकांक्षी होइन उच्च आकांक्षा राखेको छ । अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला’, पौडेलले बजेटलाई सन्तुलित भन्दै अघि भने, ‘चर्चा र आशंकाकै बिच १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको छ । यसको लागि स्रोतको प्रबन्ध गर्ने अभिभारा सजिलो छैन । तर, पनि सीमा निर्धारण गरेको छ । बजेटका सबै लक्ष्यहरू उच्च छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।