Logo

२०८३, आश्विन १०गते


images
images

टी २० विश्वकप

वेस्ट इन्डिजको सुखद सुरूवात, पीएनजी पाँच विकेटले पराजित

वेस्ट इन्डिजको सुखद सुरूवात, पीएनजी पाँच विकेटले पराजित

images
  • सेतोमसी सहकर्मी
  • वेस्ट इन्डिजको सुखद सुरूवात, पीएनजी पाँच विकेटले पराजित
    images
    images

    काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै वेस्ट इन्डिजले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

    images
    images
    images

    पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि रोस्टन चेसले नटआउट ४२ रन बनाए । त्यस्तै आन्द्रे रसलले नटआउट १५ रन बनाउँदा ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७ तथा कप्तान रोभमन पावेलले १५ रन बनाए ।

    images
    images
    images

    पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए । अलेई नाओ, चाद सोपर र जोन कारिकोले एक–एक विकेट लिए ।

    images
    images
    images

    यसअघि प्रोभिडेन्स स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको हो ।

    पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे । ४३ बलको सामना गरेका बाउले ६ चौका र एक छक्काको मदतमा ५० रन बनाए । त्यस्तै, किपलिन डोरिगाले २७ रन, कप्तान असद भालाले २१ रनको योगदान दिए । चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रन बनाए ।

    वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ तथा अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट लिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।