Logo

२०८३, आश्विन १०गते


images
images

टी २० विश्वकप

रोमाञ्चक खेलमा नामिबिया र ओमान बराबर

रोमाञ्चक खेलमा नामिबिया र ओमान बराबर

images
  • सेतोमसी सहकर्मी
  • रोमाञ्चक खेलमा नामिबिया र ओमान बराबर
    images
    images

    ब्रिजटाउन । टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबिया र ओमानबिचको खेल निर्धारित २० ओभरमा रोमाञ्चक बराबरी भएको छ । १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो । अब खेलको निर्धारण सुपर ओभरबाट हुनेछ ।

    images
    images
    images

    नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए । उनले ४८ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, निकोलास डाभिनले ३१ बलमा २४ रन जोडे ।

    images
    images
    images

    खेलमा नामिबियाले खराब सुरुवात गरेको थियो । दोस्रो बलमा नै ओपनर माइकल भान लिनगेन शून्य रनमा आउट भए ।

    images
    images
    images

    ओमानका लागि  मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए ।

    सअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । खेलमा ओमानले निकै खराब सुरुवात गरेको थियो । पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो ।

    त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले । खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे । त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए ।

    नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र २१ रन खर्चिए । उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन थियो भने विश्वकपमा नामिबियाका लागि पनि सबैभन्दा प्रदर्शन थियो । डेभिड विसेले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए । बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।