Logo

२०८३, श्रावण ३०गते


images
images

पृथ्वीराजमार्गमा सवारी दुर्घटना, तनहुँ व्यास नपाका इन्जिनियर कैनीको मृत्यु

पृथ्वीराजमार्गमा सवारी दुर्घटना, तनहुँ व्यास नपाका इन्जिनियर कैनीको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • पृथ्वीराजमार्गमा सवारी दुर्घटना, तनहुँ व्यास नपाका इन्जिनियर कैनीको मृत्यु
    images
    images

    राजेश पराजुली, पोखरा । तनहुँको ब्यास नगरपालिका वडा नं. १ अम्रेनीस्थित पृथ्वीराजमार्गमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं १२ का २९ वर्षीय प्रवीन कैनी छन् । कैनी व्यास नगरपालिकाका इन्जिनियर हुन् । उनी नगरपालिकाकाे घर नक्सा शाखामा कार्यरत थिए ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिलिपकुमार हुमागाईंका अनुसार आज दिउँसो करिब २ बजे मुग्लिन-पोखरा सडक आयोजनाको बागमती प्रदेश ०१-००१ अ य ००३९ नम्बरको पानी ट्यांकरले कैनी सवार ग१९ब ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इन्स्पेक्टर हुमागाइँले जानकारी दिए ।

    ट्यांकर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि स्थानीयले करिब २ घण्टा राजमार्ग अवरुद्ध गरेका थिए । दिउँसो ४ बजेपछि राजमार्ग सञ्चालनमा आएको प्रहरीले जनाएको छ । स्थानीयले ट्यांकर चालकले ट्यांकर ब्याक गरेर मोटरसाइकल चालक कैनीलाई किचेको आरोप लगाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।