Logo

२०८३, श्रावण ३०गते


images
images

पृथ्वीराजमार्गका बसमा अब क्युआर बाटै भाडा भुक्तानी हुने

पृथ्वीराजमार्गका बसमा अब क्युआर बाटै भाडा भुक्तानी हुने

images
  • पृथ्वीराजमार्गका बसमा अब क्युआर बाटै भाडा भुक्तानी हुने
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा  पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले बसमा क्युआर कोड सेवा सुरु गरेको छ । टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम दिन सक्ने व्यवस्थापन सुरु गरेको हो ।

    images
    images
    images

    प्राइम कर्मसियल बैंक र पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीसँगबीच भएको सहकार्यअन्तर्गत सुरुमा एक सय वटा बसमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख आर्या जोशी, प्राइम कमर्सियल बैंकका सहायक महा प्रबन्धक सुरेशमान सिंह र कम्पनीका अध्यक्ष योगेन्द्र केसीले संयुक्त रुपमा क्यूआर कोडको शुभारम्भ गरे ।

    images
    images
    images

    नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख आर्या जोशीले यातायात क्षेत्र डिजिटल बैंकिङ सेवा जोडिनु सकरात्मक पक्ष रहेको बताइन् । डिजिटल बैंकिङ सेवा सेवालाई प्रभावकारी बनाउने उद्धेश्यका साथ पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँग सहकार्य गर्दै अघि बढाएको प्राइमक मर्सियल बैंकका सहायक महाप्रबन्धक सुरेशमान सिंहले बताए । पृथ्वीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले कम्पनीअन्तर्गत १ हजार ४ सयभन्दा बढी बस सञ्चालनमा रहेको बताए ।

    images
    images
    images

    कम्पनीले अहिले १४ सय बढी बसबाट सेवा दिइरहेको केसीले जानकारी दिए । अहिले एक सय वटा बसमा मात्रै क्यूआर कोड जोडेका र पछि बिस्तार गरिने केसीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।