Logo

२०८३, आश्विन १०गते


images
images

टी २० विश्वकप

अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको चुनौती

अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको चुनौती

images
  • सेतोमसी सहकर्मी
  • अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको चुनौती
    images
    images

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा अफगानिस्तानका ओपनरले ८५ बलमा १५० रनको ऐतिहासिक साझेदारी गरेका छन्। युवान्डाविरुद्ध सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले ८५ बलमा पहिलो विकेटका लागि १५० रनको साझेदारी गरेका हुन्।

    images
    images
    images

    रहमान ४५ बलमा चार चौका र चार छक्काको मद्दतमा ७६ रन बनाएर आउट हुँदा अर्का ओपनर इब्राहिम ४६ बलमा ९ चौका र १ छक्काको मद्दतमा ७० रन बनाउँदै आउट भए। ओपनिङ आकर्षक गरेको अफगानिस्तानको मध्यक्रमका ब्याट्सम्यान टिकेर खेल्न सकेनन्।

    images
    images
    images

    मोहम्मद नाबीले १४ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। पुरै २० ओभर खेल्दै अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनाएको हो।

    images
    images
    images

    टस जितेर सुरुमा फिल्ड रोजेको युगान्डाका लागि कशमस कियुटा र ब्रायन मसाबाले दुईदुई विकेट हात पारे भने अल्पेश रामजानीले एक विकेट लिए। अहिले युगान्डाले जवाफी ब्याटिङ गर्दैछ।

    समूह ‘सी’मा रहेका अफगानिस्तान र युगान्डाले पहिलो प्रतिस्पर्धा प्रोभिडेन्स स्टेडियममा गरेका हुन्। युगान्डाले टस जितेर सुरुमा फिल्ड रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ।

    यो समूहको पहिलो खेलमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ। पपुवा न्युगिनी ९पिएनजी०लाई वेस्ट इन्डिजले ५ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको हो।

    यो समूहमा वेस्ट इन्डिज, पिएनजी, अफगानिस्तान, युवान्डा र न्युजिल्यान्ड छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।