काठमाडौं । टी-२० विश्वकपअन्तर्गत समूह ‘सी’ को आफ्नो पहिलो खेलमा अफगानिस्तानले युगान्डालाई १ सय २५ रनले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ।
मंगलबार बिहान भएको खेलमा अफगानिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय ८३ रन बनाएको थियो। जवाफमा युगान्डा ५८ रनमै समेटिएपछि अफगानिस्तानले उत्कृष्ट सुरुवात गर्न सफल भयो।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा दिएको १ सय ८३ रन बनायो। उसले पहिलो विकेटका लागि १ सय ५४ रनको साझेदारी गरेको थियो।
ओपनर रहमनुल्लाह गुर्वाजले ७६ रन बनाउँदा इब्राहिम जाद्रानले ७० रन बनाए। जवाफमा युगान्डाका ब्याटरहरू अफगानी बलरसामु निरीह रहे। उसका लागि रोविनसन ओवुयाले १४ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक रियजात अली साहले ११ रन बनाउनु थप दोहोरो स्कोरका रूपमा रह्यो।
युगान्डाको इनिङ ध्वस्त बनाउने क्रममा फजल्लाह फारुखीले ५ विकेट लिंदा नभिन उल हक र रासिद खानले २-२ विकेट लिए।
यो समूहमा अफगानिस्तान र युगान्डासँगै, पपुवा न्युगिनी(पिएनजी) , वेस्ट इन्डिज र न्युजिल्यान्ड रहेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology