Logo

२०८३, श्रावण ३०गते


images
images

अर्थमन्त्रीलाई गगनको प्रश्न : आर्थिक बृद्धिदर ६ प्रतिशत हुने आधार के के छन् ?

अर्थमन्त्रीलाई गगनको प्रश्न : आर्थिक बृद्धिदर ६ प्रतिशत हुने आधार के के छन् ?

images
  • सेतोमसी सहकर्मी
  • अर्थमन्त्रीलाई गगनको प्रश्न : आर्थिक बृद्धिदर ६ प्रतिशत हुने आधार के के छन् ?
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको आर्थिक बृद्धिदर ६ प्रतिशत हुने सरकारको अनुमानको आधार अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा मुलुकको आर्थिक बृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो नभएको भन्दै सरकारले लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा हुने आधारबाट अर्थमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

    images
    images
    images

    आर्थिक गतिविधि संकटका अवस्थामा सरकारले लिएको राजस्वको लक्ष्य पुरा हुनेमा आशंका रहेको उनको भनाइ छ ।

    images
    images
    images

    थापाले राजस्वको लक्ष्य भेट्ने आधारबारे पनि सरकारले प्रष्ट पार्नुपर्ने बताए ।

    राष्ट्रिय गौरवको आयोजनाहरूमा न्यून बजेट विनियोजन गर्दा दशकौँसम्म पूरा हुन अवस्था नदेखिएको धारणा उनले राखे । पुँजीगत खर्चको योजनाबारे पनि अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।

    गठबन्धनको मुख्य दल एमाले अध्यक्ष केपी शर्मा ओलीले नै बजेटसँग रंग मिल्दैन भन्दै दायित्वबाट पन्छिन खोजेको उनले बताए।

    मुलुकको राजनीतिक समिकरण परिवर्तन भइरहने हुँदा केही समयपछि बजेट आफैँले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने भएकाले अर्थमन्त्रीलाई सामान्य प्रश्नमात्रै सोध्ने भन्दै थापाले कटाक्ष गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।