Logo

२०८३, आश्विन १०गते


images
images

टी २० विश्वकप

विश्वकपमा भारतको विजयी सुरुवात

विश्वकपमा भारतको विजयी सुरुवात

images
  • सेतोमसी सहकर्मी
  • विश्वकपमा भारतको विजयी सुरुवात
    images
    images

    न्युयोर्क । टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले आयरल्याण्डलाई सजिलै हराएको छ । आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्याएको हो ।

    images
    images
    images

    भारतका लागि कप्तान रोहित शर्मा नायक बने । रिटायर्ड हर्ट हुनअघि उनले ३७ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ३ छक्का हिर्काए ।

    images
    images
    images

    उनलाई ऋषभ पन्तले राम्रो साथ दिए । सूर्यकुमार यादवले भने मात्र २ रन बनाएर पभिलियन फर्किएका थिए । विराट कोहली पनि सुरुवातमा नै १ रन बनाएर आउट भएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ९६ रनमा सीमित बनेको थियो । भारतीय बलसामु नतमस्तक बन्दा आयरल्याण्ड १६ ओभरमा अलआउट बन्यो ।

    आयरल्याण्डका लागि गेराथ डेलानीले १४ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । 

    जोस लिटलले १३ बलमा १४ रनको योगदान दिए । उनले यसक्रममा दुई चौका प्रहार गरे । कर्टिस क्याम्फरले ८ बलमा १२ रन बनाए भने लोरकान टकरले १३ बलमा १० रन जोडे । 

    भारतका लागि हार्दिङ पाण्ड्याले ३ विकेट लिए भने अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले एक–एक विकेट हात पारे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।