Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य फेरि बढ्यो, तोलामा कति पुग्यो ?

सुनको मूल्य फेरि बढ्यो, तोलामा कति पुग्यो ?

images
  • सेतोमसी सहकर्मी
  • सुनको मूल्य फेरि बढ्यो, तोलामा कति पुग्यो ?
    images
    images

    काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको हो। 

    images
    images
    images

    अघिल्लो दिन बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको थियो भने शुक्रबार तोलामा १ लाख ४५ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

    images
    images
    images

    यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

    images
    images
    images

    यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

    पछिल्लो समय सुन र चाँदी दुवैको मूल्य बढ्दै गएको छ । भन्सार कर वृद्धि र अन्तर्राष्ट्रिय बजारमै पनि भाउ बढेकाले स्थानीय बजारमा सुनको मूल्य बढेको जनाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।