देवदह । रुपन्देही जिल्लाको देवदह नगरपालिका वार्ड नं. १ मा अवस्थित एसियन लाईट इङ्गलिस बोर्डिङ्ग स्कूलमा शिक्षक अभिभावक अभिमुखीकरण तथा अन्तरर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार कक्षा तीनदेखि कक्षा दशसम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुसंग अन्तरर्क्रिया गरिएको विद्यालयले जनाएको छ ।
अन्तरक्रियामा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक बोधराज गौडेलले बालबालिकाको सिकाई तथा लेखाइमा सुधार ल्याउनका लागि शिक्षकको मात्र नभई अभिभाबकहरुको पनि उत्तिकै महत्व र भूमिका रहेको कुरा बताए ।
अन्तरक्रियामा विद्यालयका अध्यक्ष ज्ञानेश्वरी काफ्ले,
प्रिन्सिपल केशब खनाल, खेलकुद तथा मा.वि तहका संयोजक इन्द्र बहादुर थापा, पारस थारु र पुनम रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology