काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) आगामी चैत ७ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिकामा कक्षा १० को आवेदन फाराम इन्ट्री पुस १ गतेदेखि मसान्तसम्म हुने उल्लेख छ।
' प्रश्नपत्र छपाई र ढुवानी फागुन १ गतेदेखि मसान्तसम्म हुने पनि उक्त कार्यतालिकामा उल्लेख छ। कार्यतालिका अनुसार परीक्षा तालिका प्रकाशन माघ १ गते र माघ पहिलो हप्ताभित्र भने परीक्षा केन्द्र निर्धारण हुनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology