Logo

२०८३, श्रावण ३०गते


images
images

साहित्य

गाईजात्रे कविता : भोटको मस्ती

गाईजात्रे कविता : भोटको मस्ती

images
  • गाईजात्रे कविता : भोटको मस्ती
    images
    images

    जनताको सपना बेचेर
    नोट बोरामा कोचेर
    चुनावमा भोट लुट्ने
    बुथको ढोका फुट्ने ।।

    images
    images
    images

    राति–राति भैँसी काटेर
    मुस्कानमा मिठो बोली साटेर
    हातमा टिकट, मुखमा वाचा
    सत्तामा पुग्दा हुन्छ साचा ?

    images
    images
    images

    "हामी जनताको सेवक हौं"
    भन्नेहरू सेवक होइन
    जनताको पसिना चाट्ने
    राष्ट्रकाे दोहन महाशोकिन ।।

    images
    images
    images

    भोट त माग्छन टाउको निहुराइ
    जितेपछि टाउको उठाएर घुराइ
    जनताको काम छुट्याइ राख्ने
    आफ्नालाई जागिरमा च्याप्ने ।।

    कसको छोरा, कसको भतिज
    नेताको सिफारिस उसको रोज
    मेरिटको कुरा छैन यहाँ
    योग्य पाउँदैन नेताका आफन्त छन जहाँ ।।

    मदिरा, मासु, टिसर्ट बाँड्ने
    गाउँभरि झूटका गफ हान्ने
    भोट आउँदा जनता राजा
    जितेपछि जनता जा गएनी जा ।।

    कम्पनीको सेटिङ मिलाएर
    टेण्डरको भाँडो टिपाएर
    बजेटको भात पचाउन
    जनताको आँसु सुकाउन ।।

    पहिलो वर्ष “यो पुरानो सरकारको गल्ती”
    दोस्रो वर्ष “यो देशमै संकट”
    तेस्रो वर्ष “हामी अझै योजना बनाउँदैछौं”
    चौथो वर्ष चुनावको फित्ता काट्दैछौं ।।

    जनता त फेरि पनि पर्खने,
    भोलि त केहि राम्रो हुन्छ भन्ने,
    तर नेता त फेरि पनि फर्कने—
    बुथ कब्जा र पैसा बोक्ने ।।

    जनताले छाप त्यहि ठोक्ने
    सत्तामा जान यिनलाई कस्ले रोक्ने
    आफ्नालाई रोजी रोजी 
    अर्कालाई खोजी खोजी ।।

    कङ्गाल बनाए यो देशलाई 
    युवा सबै विदेशलाई
    खेतबारी बाझै भयो 
    यस्ताे देख्दा गणतन्त्रको सातो गयो ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।