Logo

२०८३, आश्विन १२गते


images
images

पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य : मेयर आचार्य

पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य : मेयर आचार्य

images
  • सेतोमसी सहकर्मी
  • पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य : मेयर आचार्य
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएको बताउँदै यी सम्पदालाई जोगाएर सपनाको सहरका रुपमा विकास गर्न सकिने बताएका छन् । पोखरामा महानगरपालिका सहरी योजना आयोगको आयोजना एवं ‘युएसएआइडी टि एण्ड सी’को सहयोगमा आयोजित कार्यक्रम उद्घाटन गर्दै उनले पर्यटन राजधानीलाई संकुचनमा नराखी ग्रेटर पोखराको अवधारणाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    पोखराको पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरिएको प्रमुख आचार्यले बताए । साथै कार्यक्रममा पर्यटन राजधानी पोखरामा रणनीतिक कार्ययोजनाको प्रतिवेदन मस्यौदा डा प्रनिल उपाध्यायले प्रस्तुत गरेका थिए । गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशका पूर्वअध्यक्ष बोबरजंग गुरुङले पर्यटन राजधानीको रणनीतिक कार्ययोजना महानगरका ३३ वटा वडामा मात्रै सीमित हुन नहुनेमा जोड दिए ।

    images
    images
    images

    उनले पोखरासहित समग्र प्रदेशमा धेरै पर्यटकीय गन्तव्यको सम्भावना रहेको बताए । साथै उनले गण्डकी प्रदेशमा दामोदर कुण्डजस्ता धेरै धार्मिक पर्यटनका सम्भावनायुक्त क्षेत्र रहेको उल्लेख गरे । गुरुङले ती क्षेत्रको संरक्षण र प्रवर्द्धनसँगै त्यहाँ जानका लागि सहज वातावरण तयार हुनुपर्नेमा जोड दिए । दामोदर कुण्ड जान १० दिनका लागि पाँच सय डलर अनिवार्य तिर्नुपर्ने व्यवस्था भएको भन्दै उनले सडक सुविधा लगायतका कारण पर्यटकले उक्त अवधि छोट्याउन सक्ने भएकाले १० दिनको अनिवार्यता नगरी प्रतिदिन ५० डलर तिर्न सक्ने गरी व्यवस्था गर्नेतर्फ राज्यको ध्यान पुग्नु जरुरी रहेको स्पष्ट पारे ।

    images
    images
    images

    जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धनमा संघले ध्यान दिएको उनले बताए । गुरुङहरूको प्राचीन बस्ती ताङतिङबाट करापुडाँडा-ताप्रो-क्होलासोँथर-ठूलो लेक-थुर्जु–दूध पोखरी-गुरुङ देउराली-डाँफे खर्क-तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजिएको छ । उनले त्यसलाई पर्यटन राजधानीको रणनीतिक कार्ययोजनामा समेट्न आग्रह गरे ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा भित्रने पर्यटकको यकिन तथ्यांक संकलनका लागि नाकानाकामा सूचना केन्द्र राख्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिकाका होमस्टे व्यवस्थापन समितिका संयोजक उदय सुवेदीले शाहवंशीय इतिहासको उद्गमस्थल कास्कीकोटबाट कास्की जिल्लाको पनि नामाकरण भएको बताउँदै यस्ता गन्तव्यलाई समेट्नुपर्ने खाँचो औंल्याए ।

    बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले कुनै पनि योजनाको सफलताका लागि सम्बद्ध सबैबीच सहकार्य र एकता जरुरी रहेको बताए । टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पदयात्रा पर्यटनको विकासका लागि पोखरा आसपासका पदमार्गलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । खास्टे न्युरेनी संरक्षण समितिका अध्यक्ष हरि अधिकारीले खास्टे तालमा रहेको ज्येष्ठी तालबाराही मन्दिर तथा त्यहाँ बनाउन लागिएको शिव पार्कलाई धार्मिक पर्यटनसँग जोड्न सकिने बताए ।

    कार्यक्रममा पोखरा र आसपासका फुर्से खोला, सुरौदी खोला, खुदी खोला जस्ता जलसम्पदालाई जलपर्यटनसँग जोड्न सुझाव दिइएको थियो । पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्ष प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सदस्य सुरेन्द्रबाबु तिवारी, युएसएआइडीका प्रतिनिधि, मैदीताल मत्स्य तथा कृषि सहकारीका अध्यक्ष भरतप्रसाद तिवारी, समाज सेवी अशोक पालिखे, वामदेव ढुंगानालगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेयर आचार्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।