Logo

२०८३, आश्विन १२गते


images
images

मेयर आचार्य भन्छन् ‘कुनै हालतमा फेवा सिमसार पुरेर आवास बनाउन दिइन्न

मेयर आचार्य भन्छन् ‘कुनै हालतमा फेवा सिमसार पुरेर आवास बनाउन दिइन्न

images
  • मेयर आचार्य भन्छन् ‘कुनै हालतमा फेवा सिमसार पुरेर आवास बनाउन दिइन्न
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवा सिरानको सिमसार क्षेत्रमा आवास प्रयोजनका लागि जग्गा खरिद विक्री नगर्न आग्रह गरेका छन् । उक्त क्षेत्रमा आवास निर्माण गर्न नदिइने प्रष्ट पार्दै उनले यस्तो आग्रह गरेका हुन् ।

    images
    images
    images

    शनिबार विहान जलकुम्भी सफाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिमसार क्षेत्रमा माटो संरक्षण गर्ने खालका बोटविरुवा र कृषि कर्ममात्र गर्न पाइने बताए । ‘ध्यान दिएर सुन्नुहोला सिमसार क्षेत्रमा कसैले आवास बनाउँछु भन्दै जग्गा खरिदविक्री नगर्नुहोला । यहाँ कुनैपनि हालतमा घडेरी बनाएर घर निर्माण गर्न दिइने छैन । त्यसका लागि कसैलेपनि लगानी नगर्नुहोला’ उनले भने, यस क्षेत्रमा कुनैपनि हालतमा आवास निर्माण गर्न दिइने छैन । यहाँ सिमसारलाई असर नगर्नेगरी फलफूल तथा कृषि कर्म गर्नपाइन्छ । आवास प्रयोजनका लागि प्रयोग गर्न पाइन्न’

    images
    images
    images

    मेयर आचार्यले जलकुम्भी झार निकाल्ने, फेवाताल देखि खोलानाला एवं सार्वजनिक स्थलको सफाईका लागि अभियान नै चलाइएकामा उनले नागरिक समाज लगायत सबै संघसंस्था र नगरवासी प्रति आभार प्रकट गरे ।

    images
    images
    images

    पोखरा–१८, ढल्केबर आसपास क्षेत्रमा फेवाताल संरक्षण अभियान अन्तर्गत पोखरा महानगरपालिका तथा नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियानले संयुक्त रूपमा जलकुम्भी  निकाल्ने कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा झण्डै १० ट्रक जलकुम्भी निकालिएको जानकारी दिए ।

    नागरिक जागारण अभियान अन्तर्गत आफूहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने उनले बताए । अघिल्लो हप्ता ताल र किनारामा रहेका प्लाष्टिक, मदिरा जन्य पदार्थका बोत्तल लगायतका फोहोर संकलन गरिएकोमा यसपाली जलकुम्भी झार निकाल्ने कार्यक्रम भएको हो ।

    जलकुम्भी निकाल्ने कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, विभिन्न वडाका अध्यक्षसहित जनप्रतिनिधि तीनवटै सुरक्षा अंगका प्रतिनिधि, पोखरा महानगरको टिम, खपौंदी र भकुण्डेमा क्रियाशील संघसंस्थासहितको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेयर आचार्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।