राजेश पराजुली, पोखरा । पोखरा महानगरका मेयर धनराज आचर्यले पोखरामा कोटिहोम गर्न नदिने बताएका छन् ।
मेयर आचार्यले महानगरले कोटीहोमका लागि अनुमति नदिएको स्पष्ट पार्दै पर्यावरणीय हिसाबले र पर्यटनलाई ध्यानमा राख्दै कुनै पनि हालतमा कोटिहोम गर्न नदिने बताएका हुन्।
“पोखरामा कोटिहोम गर्न सम्भव छैन। यस्तो गतिविधि गर्दा लामो समयसम्म ध्वनि र वायु प्रदूषण हुन्छ, जसले पर्यावरण र पर्यटनलाई प्रत्यक्ष असर पुर्याउँछ,” मेयर आचार्यले भने,” प्रदूषण फैलाउने र पर्यटनमा प्रत्यक्ष असर पार्ने यस्तो कार्यक्रमका लागि महामगरले अनुमति दिएको छैन।”
लेकसाइड क्षेत्र पर्यटकको मुख्य गन्तव्य भएकोले चार महिनासम्म कोटिहोम जस्ता कार्यक्रमले पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। “फेवातालको किनार चार महिनासम्म यस्ता कार्यक्रम गर्न उपयुक्त होइन। स्थानीय तहको अनुमति विना यस्तो कार्यक्रम सम्भव छैन,” उनले थपे।
पोखराको पुम्दीकोटमा फागुन ७ देखि १५ सम्म र सराङकोटमा फागुन १४ देखि २१ सम्म महायज्ञ हुने तय भएको उल्लेख गर्दै मेयर आचर्यले कोटिहोम भने पोखरामा नहुने ठोकुवा गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology