Logo

२०८३, श्रावण ३१गते


images
images

यो साता २९ सय रुपैयाँले घट्यो सुनको मूल्य

यो साता २९ सय रुपैयाँले घट्यो सुनको मूल्य

images
  • सेतोमसी सहकर्मी
  • यो साता २९ सय रुपैयाँले घट्यो सुनको मूल्य
    images
    images

    काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य तोलामा २९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको तुलनामा यो साताको शुक्रबार २९ सय रुपैयाँले मूल्य घटेको हो ।

    images
    images
    images

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० रुपैयाँ छ ।

    images
    images
    images

    यो साताको सुरुदेखि नै सुनको मूल्य ओरालो लागेको थियो । आइतबार तोलामा २७ सय रुपैयाँले घटेको थियो । सोमबार ३०० रुपैयाँले बढेको मूल्य मंगलबार सोही कायम रह्यो । यस्तै मंगलबार तोलामा ७०० ले घटेको थियो भने बुधबार र विहीबार पनि मूल्य घटेर कारोबार भएको महासंघले जनाएको छ ।

    images
    images
    images

    यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १८ सय ६५ रुपैयाँ थियो । जुन, यो साता तोलामा १७ सय ९० रुपैयाँ कायम छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।