Logo

२०८३, आश्विन १२गते


images
images

सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको छ : अर्थमन्त्री

सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको छ : अर्थमन्त्री

images
  • सेतोमसी सहकर्मी
  • सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको छ : अर्थमन्त्री
    images
    images

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताएका छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफाबार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाएर रोजगारी वृद्धिमार्फत समृद्धि हासिलको यात्रामा सरकार अग्रसर भएको बताए ।

    images
    images
    images

    मन्त्री पुनले वित्त आयोगको सिफारिसका आधारमा खर्च परिचालन तथा ऋण व्यवस्थापन गर्दै आएको जानकारी गराउँदै विकास सहायता कार्यक्रम सम्झौता गर्दा कार्यान्वयनसम्बन्धी योजनासँगै समावेश गर्ने नीति लिइएको स्पष्ट गरे  ।

    images
    images
    images

    उनले राजस्व परिचलबाट मात्रै खर्च व्यवस्थापन गर्न नसकिएकाले आन्तरिक र बाह्य ऋण लिनुपरेको उल्लेख गर्दै सार्वजनिक ऋण वाञ्छनीय सीमाभित्रै रहेको छ जनाए । उनले नयाँ विकास साझेदार नीति लिइएको पनि अवगत गराए  ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।