राजेश पराजुली, पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटिले मणिपाल शिक्षण अस्पतालको भवन नक्सा पास सम्पन्न प्रमाणपत्र सम्बन्धमा राजश्व छुट दिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
एमाले महानगर कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै नक्सा पास सम्पन्न दिदाँ करोडौँ राजश्व हिसाब नमिलेको भन्दै पोखरा महानगरपालिका भ्रष्टचारको दलदलमा फसेको आरोप लगाएको हाे । महानगर नेतृत्वले किर्ते निणर्य गर्ने र स्वार्थ समूहको इशारामा विवादास्पद निणर्य गरेको एमाले महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्यले बताए ।
१५ औँ नगरसभाले नक्सा पासको राजश्व छुटको निणर्य बदर गरेको छ । राजश्व छुट दिने निणर्य बदनियतपूणर् नभएको भए कसरी नकसा पास गरियो भन्दै मेयर धनराज आचार्यलाई एमालेले प्रश्न गरेको छ ।
कति राजश्व कायम भयो ? महालेखा परिक्षकको २०७६ /०७७ ०७९/०८० को प्रतिवेदनले के औँल्याएको थियो ? त्यति राजश्व किन नलिनु पर्ने हो ? लगायतका प्रश्न एमालेले महानगर नेतृत्वप्रति उठाएको हो । महानगर प्रमुख निश्चित इशारामा चलेको अध्यक्ष आचार्यले आरोपसमेत लगाए ।
एमालेले कार्यपालिका बैठक लाइभ गर्न र हिसाब नमिलेका विषय स्पष्ट पार्न माग गरेको छ । आगामी दिनमा अपारदर्शी निणर्यका श्रृङ्खला नरोकिएमा आन्दोेलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी एमालेले दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology