Logo

२०८३, आश्विन ९गते


images
images

 साढे २ अर्ब  लागतमा २ वटा सडक बनाउँदै पोखरा महानगर 

 साढे २ अर्ब  लागतमा २ वटा सडक बनाउँदै पोखरा महानगर 

images
  •  साढे २ अर्ब  लागतमा २ वटा सडक बनाउँदै पोखरा महानगर 
    images
    images

    पोखरा । पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तरगत थप २ वटा परियोजनाहरू छनौट गरेको छ । वर्ल्ड बैङ्कको सहयोगमा सम्पन्न गर्ने गरी बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नतिका लागि परियोजना छनौट गरेको हो । 

    images
    images
    images

    यही श्रावण १४ गते बसेको कार्यपालिका बैठकले सन २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी थप दुई वटा परियोजनाहरू छनौट गरिएको पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले वताए । परियोजनाहरुमा वर्ल्ड बैङ्कले २५.६८ मिलियन अमेरिकी डलर (३ अरब ३७ करोड ९३ लाख १० हजार ८०८ नेपाली रुपैयाँ) लगानी गर्नेछ । 

    images
    images
    images

    थपिएका परियोजनाहरुमा डेढ अर्व रुपया लागतमा बिरौटा देखि अन्तराष्ट्रिय पर्वतिय संग्रालय ,महतगौडा, दोविल्ला , भरतपोखरी हुँदै पुडिटार सम्म पुग्ने सडक र १ अर्व लागतमा लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नति हुने वताईएको छ । 

    images
    images
    images

    विश्व बैककै सहयोगमा तालचोक–बेगनास सडक ७५ करोड, ४८ लाख ६७ हजार ८५३ रुपयाँमा संझौता भई काम अगाडि वढिसकेको छ । यी सडक नमूना सडक वन्ने र साढे २ वर्ष भित्रमा निर्माण सकिने गरि समयावधि तोकिएको समेत आचार्यले वताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।