Logo

२०८३, श्रावण ३०गते


images
images

२१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै प्रेस संगठन रुपन्देहीको भेला सम्पन्न, अध्यक्षमा रायमाझी चुनिए 

२१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै प्रेस संगठन रुपन्देहीको भेला सम्पन्न, अध्यक्षमा रायमाझी चुनिए 

images
  • २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै प्रेस संगठन रुपन्देहीको भेला सम्पन्न, अध्यक्षमा रायमाझी चुनिए 
    images
    images

    बुटवल । स्थापनाकाल देखि नै श्रमजीवी बर्गको पक्षमा कलम चलाउँदै आएको प्रेस संगठन नेपालले  रुपन्देहीको जिल्ला भेला सम्पन्न भएको छ । बुटवलस्थित होटल एभिन्युमा सोमबार भएको भेलाले कमल रायमाझीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । 

    images
    images
    images

    जसको उपाध्यक्षमा शारदा मल्ल शाही, सचिवमा विष्णु पोखरेल, सह-सचिवमा अम्बिका परियार, कोषाध्यक्षमा सन्जय लामा गुरुङ र सदस्यहरुमा रिया बस्नेत, शिव चौधरी 'सचिन', पशुपति यादव, जितेन्द्र चौधरी, कल्पना घिमिरे, भरत नेपाली, बन्दना काफ्ले, रेशम अधिकारी, निर्मल एस. पि. मगर, ध्रुव लामिछाने, दिपक कलवार, आरती गौतम, जगलाल नेपाली, सुदिप नेपाली 'पहाडी', राहुलदेव सापकोटा लगायत रहेका छन् । 

    images
    images
    images

    साथै भेलाले ७ सदस्यीय  प्रेस संगठन रुपन्देहीको जिल्ला सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा वरिष्ठ पत्रकारहरु विनोद पहाडी, नारायण सापकोटा, यानेन्द्र जिसि, गुरुदत्त ज्ञवाली, मदनलाल पौडेल, प्रेम बस्नेत र बैकुण्ठ पाण्डे रहेका छन् । 

    images
    images
    images

    जिल्ला भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीका सचिव निर्मल जिसिले जनपत्रकार कृष्ण सेन 'इच्छुक' ले देखाएको बाटोमा पत्रकारहरू लाग्नुपर्ने बताए । शोषित - उत्पिडित बर्गका समाचार अहिले पनि यथेष्ट मात्रामा मिडियाले कभर गर्न नसकेको उल्लेख गर्दै नेता जिसिले अविचलित भएर सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको बाटोमा अगाडि बढ्न पत्रकारहरूलाई सुझाव दिए । 

    त्यसैगरी विशिष्ट अतिथिको रुपमा भेलामा सहभागी वरिष्ठ पत्रकार तथा नागरिक अगुवा विनोद पहाडीले पछिल्लो समयमा विकास भएको मिडिया प्रविधिलाई श्रमजिवि जनताको पक्षमा प्रयोग गरिनुपर्ने धारणा व्यक्त गरे । कतिपय पत्रकारहरुले शक्तिकेन्द्रको गुणगान गाएर आफ्नो दुनो सोझ्याउँदै आएको उल्लेख गर्दै पहाडीले प्रेस संगठन नेपाल आवाज विहिनको आवाज हुनुपर्नेमा जोड दिए । 

    कार्यक्रममा नेपाल पत्रकार महासंग रुपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसि, माओवादी केन्द्रका युवा नेता सुजित विक, लुम्बिनी प्रदेशसभा सदस्य दिपा विक, प्रेस संगठनका प्रदेश समिती सदस्यहरु, नेपाल पत्रकार महासंघका निर्वाचित प्रदेश सदस्य, जिल्ला शाखाका निर्वाचित पदाधिकारी तथा सदस्य लगायत क्रान्तिकारी पत्रकारहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।