रमेश बहादुर सिह, बझाङ । बझाङको साईपाल गाउँपालिकामा एउटा पनि बैंक स्थापना नहुँदा सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन् । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारद्वारा सञ्चालन भएका योजना तथा कार्यक्रमको रकम निकासा लिन सदरमुकाम चैनपुर जानुपर्ने बाध्यता छ । बैंक स्थापना नहुँदा साईपाल बासि सामान्य चेक साट्न पनि चैनपुर आउने गरेका छन् ।
गाउँपालिकामा सञ्चालन हुने विभिन्न आयोजनाको रकम निकासा, कर्मचारी तलब भत्ता, सामाजिक सुरक्षा भत्तालगायत रकम निकाल्न दुई÷तीन दिन पैदल हिँडेर चैनपुर बजार जानुपर्ने बाध्यता कायमै छ ।
बैंक नहुँदा सबैभन्दा धेरै समस्या सामाजिक सुरक्षाको भत्ता वितरणमा हुने देखिन्छ । गाउँपालिकाले हालसम्म नगदै घरमै गएर बुझाउँथ्यो ।
पछिल्लो समय बैंकिङ प्रणालीमार्फत दिन संघ सरकारबाट परिपत्र आएकाले ज्येष्ठ नागरिकलाई समस्या भएको छ । सम्बन्धित व्यक्ति नै बैंकमा उपस्थित हुनुपर्ने भएकाले ज्येष्ठ नागरिक अपाङ्ग तथा बालबालिकालाई समस्या हुने गरेको साईपाल गाउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताइएका छन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology