बुटवल । रुपन्देहीको तिलोत्तमा -२ मा अवस्थित आईएसएमटी कलेजमा निशुल्क 'एआई बुटक्याम्प विथ डाटासाइन्स' कार्यक्रम सम्पन्न भएको छ । असार १० देखि २१ सम्म पहिलो चरणको कार्यक्रम सञ्चालन भएको कलेजले जनाएको छ ।
बुटक्याम्पमा ५० जना विद्यार्थीको सहभागीता जनाएका छन । कलेजको आईटी संकाएका एआई विषयका शिक्षक अमृत रानाभटद्वारा सहजिकरण गरिएको क्याम्पमा विद्यार्थीहरुलाई डेटा विज्ञानको परियोजनाबारे प्रशिक्षित गरिएको विएस्सी आईटि कोओडीनेटर दिपेश पाण्डेयले जनाकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले तयार गरेको डाटासाइन्स परियोजना उनीहरू स्वयंमले प्रस्तुत गरेका थिए ।
मुल्यांकनका आधारमा उत्कृष्ट ३ प्रोजेक्टलाई पुरस्कृत गरिएको छ । क्याम्पस प्रमुख जीवन पौड्याल, मार्केटिङ म्यानेजर अलिशा घिमिरे तथा अप्रेसन इन्चार्ज सन्दीप भट्टराई लगायतले उत्कृष्ट र सहभागी विद्यार्थीलाई सम्मान गरे ।
कलेजले आईटी पढ्न चाहने विद्यार्थीहरुको लागि आगामी दिनमा वेब डेभलपमेन्ट र साईबर सेकुरिटी जस्ता विषयमा पनि नि:शुल्क तालिम दिदै जाने योजना कलेजले जनाएको छ ।
कलेजले बुटवलमा हाल बीएस्सी आईटि र बिएचएम कार्यक्रम सञ्चालन गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology