Logo

२०८३, आश्विन ९गते


images
images

आईएसएमटी कलेजमा साइबर सेक्युरिटीको नि:शुल्क तालिम हुँदै

आईएसएमटी कलेजमा साइबर सेक्युरिटीको नि:शुल्क तालिम हुँदै

images
  • आईएसएमटी कलेजमा साइबर सेक्युरिटीको नि:शुल्क तालिम हुँदै
    images
    images

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ मा अवस्थित आईएसएमटी कलेजमा साइबर सेक्युरिटीको एकहप्ते तालिम हुने भएको छ । श्रावण १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रयोगात्मक तालिम तिलोत्तमा नगरपालिका वडा नं १,२ र ३ संचालन गर्ने र आईएसएमटी कलेज बुटवलले निशुल्क सहजीकरण गर्ने जनाइएको छ । 

    images
    images
    images

    कलेजले दुई प्रकारका तालिमको सहजीकरण गर्ने र यस प्रकारको तालिम लुम्बिनी प्रदेशमै पहिलोपटक हुन लागेको कलेजको दावी छ । जसमा 'साइबर सेक्युरिटी र फुड प्रोडक्सन'  सम्बन्धि तालिम हुने कलेजका मार्केटिङ म्यानेजर अलिशा घिमिरेले बताइन् ।   

    images
    images
    images

    तालिममा विएस्सी आइटी पढ्ने विद्यार्थीहरुको लागि साईबर सेक्युरिटीसम्बन्धि विषय जस्तै: लिनक्स इकोसिस्टम, कृप्टोग्राफी, बग बोउन्टी हन्टिङजस्ता उच्च आधुनिक प्रबिधि / टेक्नोलोजीहरुको बारेमा प्रशिक्षण गरिनेछ ।  त्यसैगरी होटेल म्यानेजमेन्ट 'बिएचएम'मा रुची हुने विद्यार्थीहरुको लागि फुड प्रोडक्सनसंग सम्बन्धित थ्योरीसहित विभिन्न खानका परिकार बनाउन सिकाइने क्याम्पस प्रमुख जीवन पौडेलले जानकारी दिए । 

    images
    images
    images

    आईटी पढ्न चाहाने विद्यार्थीहरुको लागि नि:शुल्क तालिमहरू गर्दै आएको आईएसएमटी कलेज बुटवलले केही समयअघि एआई बुटक्याम्प विथ डाटासाइन्सको १५ दिने तालीम संचालक गरिसकेको छ ।

    आईएसएमटी ग्रुप अन्तर्गत देशका प्रमुख शहरहरू काठमाडौं, चितवन, पोखरा, बिराटनगर र बुटवलमा कलेज संचालक भइरहेका छन् । कलेज बुटवलमा हाल विएस्सी आइटी र विएचएमका कार्यक्रम सञ्चालन हुँदै आईरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।