Logo

२०८३, आश्विन ९गते


images
images

आईएसएमटी कलेज बुटवलमा फुटसल प्रतियोगिता

आईएसएमटी कलेज बुटवलमा फुटसल प्रतियोगिता

images
  • आईएसएमटी कलेज बुटवलमा फुटसल प्रतियोगिता
    images
    images

    बुटवल । आईएसएमटी कलेज बुटवलले अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । बुटवलमा फुटसल खेलको प्रवर्द्धन गर्नुका साथै विद्यार्थीहरूबीच मित्रता र प्रतिस्पर्धात्मक भावनाको विकास गराउँन माघ १७ र १८ गते बुटवलमा फुटसल प्रतियोगितामा संचालन गरिएको आयोजकले जनाएको छ । 

    images
    images
    images

    १४ वटा शैक्षिक संस्थाले सहभागीता जनाएको प्रतियोगितामा न्यू होराइजन इङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कूल विजेता भएको छ भने होराइजन गौतम बुद्ध सेकेन्डरी स्कूल उपविजेता बनेको छ । प्रतियोगितामा हिमाल मगर सर्वाधिक गोलकर्ता बनेका छन् । विवश मगर सर्वोत्कृष्ट खेलाडी बनेका छन् भने मोहित चौधरी उत्कृष्ट गोलरक्षक भएका छन् । 

    images
    images
    images

    प्रतियोगितामा विजेता टोलीले ३० हजार नगद र उपविजेताले १५ हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । 

    images
    images
    images

    विजेता र सहभागी शैक्षिक संस्थालाई एक कार्यक्रमबीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा आईटी विज्ञ तथा रेइजो टेक नेपालका निर्देशक इञ्जिनियर रोहित पोखरेल, आईएसएमटी कलेज बुटवलका क्याम्पस प्रमुख जीवन पौडेल लगायतको उपस्थिति रहेको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईएसएमटी कलेज
  • # फुटसल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।