लोकप्रसाद छन्त्याल, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकास्थित परोपकार बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन गरिरहेको दरमखोला लघु जलविद्युतको ड्याम् बाढीले बगाउँदा १३ हजार विद्युत उपभोक्ता प्रभावित भएका छन् । झन्डै १०० मिटर कुलो बाढीले बगाएपछि विद्युत उत्पादन बन्द हुँदा २५ सय घरधुरीका करिब १३ हजार उपभोक्ताहरु अध्यारोमा बस्न बाध्य छन् ।
खोलाले धार परिवर्तन गरि ड्यामको कम्जोर भागबाट मुलधार बगेकोले तत्काल मुहान निर्माण गरि विद्युत उत्पादन गर्न नसकिने र पानीको बहाव कम भए लगत्तै भदौपछि ड्याम् निर्माण गरिने अध्यक्ष अर्जुन ठकुरीले बताए । अध्यक्ष ठकुरीले खोलाको बहावको कारण तत्काल कुलोमा पानी सन्चालन गर्न नसकेकोमा उपभोक्ताहरुसंग क्षमायाचना माग्दै हिउँद लागेर पुर्ण ड्याम् निर्माण नगरेसम्म विद्युत उत्पादन गर्न नसकिने बताए ।
खोलाले सधै वार्षिक रूपमा कुलोमा नोक्सान पुर्याउने गरेको घाटा पुरा नहुदै अहिले सबैभन्दा ठुलो क्षति पुर्याएको सहकारीको भनाई छ ।
१ हजार ८८५ सेयर सदस्य रहेको परोपकार बहुउद्देश्यीय सहकारी वामीले १८५ किलोवाट विद्युत उत्पादन गर्दै आएको छ । उत्पादित विद्युत करिब २५ सय घरधुरीलाई वितरण गर्दै आएको पुर्व सहकारी व्यवस्थापक चन्द्रबहादुर घर्तीले जानकारी दिए ।
उत्पादित विद्युत बाग्लुङ रिघा फेदी गुल्मी मुसिकोट १, २, ३ र ७ नम्बर वडामा वितरण गरिएको छ । विद्युत उपभोक्ताबाट संकलन बन्द हुने र पुर्ण मुहान निर्माण गर्दा गरि करिब ५० लाख माथि सहकारीलाई ऋण लाग्ने सहकारीको विद्युत व्यवस्थापन समिति अनुमान छ ।
विद्युत उपभोक्ताले सहकारीको पहलमा आफूहरूलाई बैकल्पिक व्यवस्था गरिदिनुपर्ने र त्यसको लागि सहकारी सहित सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताउँदै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology