Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से सूचक २२ सय अंकमा उक्लियो, एकैदिन ७ अर्बभन्दा बढीको कारोबार

नेप्से सूचक २२ सय अंकमा उक्लियो, एकैदिन ७ अर्बभन्दा बढीको कारोबार

images
  • सेतोमसी सहकर्मी
  • नेप्से सूचक २२ सय अंकमा उक्लियो, एकैदिन ७ अर्बभन्दा बढीको कारोबार
    images
    images

    काठमाडौँ । केही दिन यताको लगातार वृद्धिसँगै सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से  सूचक २९.२१ अंकले वृद्धि हुँदै २२ सय ४.६१ विन्दुमा उक्लिएको हो । 

    images
    images
    images

    बिहीबार कारोबारमा समेत उच्चता आउँदै ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको २ करोड कित्तामाथि सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

    images
    images
    images

    बिहीबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.९० अंकले बढ्दै ३९१.६६ विन्दुमा उक्लिएको छ । 

    images
    images
    images

    १३ वटा उपसूचकमध्ये बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूह बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक बिहीबार ३.०६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक २.४२ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.४३ प्रतिशतले बढेको छ । 

    यता माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक भने बिहीबार क्रमशः ०.५३ प्रतिशतले र ०.३९ प्रतिशतले घट्न पुगेका छन् । बिहीबार १५५ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।