Logo

२०८३, श्रावण ३१गते


images
images

सातामा प्रतितोला २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सातामा प्रतितोला २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

images
  • सेतोमसी सहकर्मी
  • सातामा प्रतितोला २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
    images
    images

    काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँ बढेर कारोबार रोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २३ सय रुपैयाँले बढेको हो ।

    images
    images
    images

    महासंघका अनुसार गत साताको शुक्रबार १ लाख ४४ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ७०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा २३ सय रुपैयाँले बढेको हो ।

    images
    images
    images

    यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।

    images
    images
    images

    यस्तै यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ७० रुपैयाँ थियो । जुन, यो साता चाँदीको मूल्य तोलामा १९ सय रुपैयाँ कायम छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।