Logo

२०८३, श्रावण ३०गते


images
images

युवाहरू खाडीमा काम गर्न जानु स्वाभाविक कुरा हो : गगन थापा

युवाहरू खाडीमा काम गर्न जानु स्वाभाविक कुरा हो : गगन थापा

images
  • सेतोमसी सहकर्मी
  • युवाहरू खाडीमा काम गर्न जानु स्वाभाविक कुरा हो :  गगन थापा
    फाइल फोटो
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले युवाहरू वैदेशिक रोजगारीमा जाने कुरा स्वाभाविक भएको बताएका छन् । शनिबार जय नेपाल फाउन्डेसनले आयोजना गरेको सोलुखुम्बु जिल्लाबाट एसईई उर्तीण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले युवाहरू वैदेशिक रोजगारी जाने अवस्था विगतमा कोरियामा पनि रहेको उल्लेख गरे ।  

    images
    images
    images

    उनले अहिले युवाहरू खाडी लगायतका विदेशमा गएर काम गर्ने कुरालाई अस्वाभाविक नमान्न आग्रह गरे । उनले विगतका कोरियनहरू जर्मनीको खानीहरूमा काम गर्न जानका लागि प्रतिस्पर्धा गर्ने गरेको बताए । 

    images
    images
    images

    उनले भने–‘कोरियामा नर्सिङ गरेका छोरीहरूले युरोपमा गएर काम गरे भने त्यो बेलामा सबैभन्दा ठुलो उपलब्धि मानिन्थ्यो । धेरै वर्ष अगाडिको कुरा हैन, यो वीपी कोइराला प्रधानमन्त्री भएको बेलाको सन्दर्भ हो यो । २०१५ साल सेरोफेरोको कुरा हो, त्यहाँबाट यहाँ आइपुगेको हो । प्रत्येक देशले यसरी अवसर पक्रिएका छन् ।’ 

    images
    images
    images

    उनले नेपाललाई अव अर्को अवसर आएको बताए । नेपाललाई  अब ज्ञान अर्थतन्त्र, सूचना प्रविधिमा आधारित अर्थतन्त्रमा लैजानुपर्ने बताए । थापाले भने–‘सूचना प्रविधिका यति धेरै नयाँ उद्योग, यति धेरै व्यवसाय, यति धेरै अवसर सृजना भएको छ, नेपालले यसलाई छोप्न सक्यो भने १०–१५ वर्षमा हामी एउटा विकसित देशको रूपमा अगाडि जान्छौँ । यसलाई छोप्न सकेनौँ भने हामी जहाँको त्यही रहन्छौँ ।’ उनले त्यसलाई छोप्न गणित र अङ्ग्रेजी जानेको विद्यार्थी चाहिने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।