Logo

२०८३, श्रावण ३१गते


images
images

याे साता प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

याे साता प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

images
  • सेतोमसी सहकर्मी
  • याे साता प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो
    images
    images

    काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता ८०० रुपैयाँले सुनको मूल्य बढेको हो ।

    images
    images
    images

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ८०० रुपैयाँले बढेर कारोबार भएको महासंघले जनाएको छ ।

    images
    images
    images

    यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । महासङ्घका अनुसार बुधवार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो । 

    images
    images
    images

    यो अहिलेसम्मकै उच्च बिन्दु हो । त्यसयताका दुई कारोबार दिनमा भने मूल्य घटेको हो । यससँगै शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार ८०० रुपैयाँ कायम छ । सुनको मूल्य बढेको साता चाँदीको मूल्य भने घटेको छ ।

    गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ कायम सुनको मूल्य यो साता ७० रुपैयाँले घटेको हो । यो साताको शुक्रबारसम्म ७० रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।