Logo

२०८३, आश्विन ११गते


images
images

नयाँ वर्षको पहिलो दिन गुल्मीका लागि कालो दिन बन्यो

शोकमा डुब्यो गुल्मी, एकै दिन जिप र अटो दुर्घटना, ६ जनाको मृत्यु, १७ घाइते 

शोकमा डुब्यो गुल्मी, एकै दिन जिप र अटो दुर्घटना, ६ जनाको मृत्यु, १७ घाइते 

images
  • शोकमा डुब्यो गुल्मी, एकै दिन जिप र अटो दुर्घटना, ६ जनाको मृत्यु, १७ घाइते 
    images
    images

    अनिष पन्थी, गुल्मी । आज बर्षको पहिलो दिन गुल्मी शोकमा डुबेको छ।   जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जिप दुर्घटना हुँदा  पाँच जनाको मृत्यु  भएको  छ। मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म रहेका छन ।

    images
    images
    images

     लु १ ज १६५५ नम्बरको  गाडी बुधबार प्युठान जिल्लाको स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि ५  जना पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू  गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको बताइएको छ । बसलाई ओभरटेक गर्न खोज्दा जिप सडकदेखि करिब ६० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ। 

    images
    images
    images

    मृत्यु हुनेमा  स्याङजा स्थायी घर भइ जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

    गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार छन् । 

    त्यस्तै, २३ वर्षीय सुुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, उनकी ४ वर्षीय छोरी निकिता पौडेल,  ३० वर्षीय गीता मुखियाँ उनकी १२ वर्षीय छोरा अनिष  मुखियाँ, २४ वर्षीय तारा भडारी बोहरा, उनकी ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे रहेका छन।

    यस्तै आजै जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर तीन ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा स्थानीय ३० बर्षिया तारा राहदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ

    दुर्घटनामा परी चारजना घाइते भएका छन् । घाइतेहरुमा सोही स्थानका ३० बर्षकी मिना राहादी, ३९ बर्षकी सङगीता राहादी, २५ बर्षकी बबिता तरामु र २ बर्षका ग्लाक्स तरामु रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

    घाइतेहरुको शरीरका बिभिन्न भागहरुमा चोट लागेकाले उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

    सत्यवती बजै मन्दिरको दर्शन गरेर ठुलोलुम्पेक फर्कदैँ गर्दा करिब २ बजतिर क्वाङखोलामा अटो रिक्सा दुर्घटनामा परेको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।