Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्

images
  • बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्
    images
    images

    काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् ।  गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images
    images

    उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले खबर प्रकाशित गरेको छ । 

    images
    images
    images

    यस्तै प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो ।

    images
    images
    images

    बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु सरकारी  जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । 

    आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय मानिसहरूको मृत्यु भइसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।